शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०८:१०
वासिङटन डिसी 22:25

फेरी बिग्रियो, यात्रुुलाई हैरानी

इनेप्लिज २०७१ फागुन ११ गते २:४७ मा प्रकाशित

indexवीरेन्द्रनगर, ११ फागुन । पूर्वी सुर्खेतको राकम नदीमा चल्ने गरेको फेरी पुनः बिग्रिएको छ । छिन्चु–जाजरकोट सडकखण्डमा पर्ने सो फेरी मर्मत गरेको केही दिन चली पुनः बिग्रिँदा यात्रु अलपत्र पर्ने गरेका छन् ।

राकममा निमार्णकार्य चलिरहेको पक्की पुल सम्पन्न नहुँदा सवारीसाधन आवतजावतका लागि सञ्चालनमा ल्याइएको फेरीले यात्रुलाई सास्ती दिई अलपत्र पार्ने गरेको छ । फेरी महिनामा केही दिन चल्छ भने धेरै दिन ठप्प हुने गर्छ जसले गर्दा यात्रुलाई मर्कामा पार्ने गरेको छ । बिहीबार मध्याह्नदेखि बिग्रिएको फेरी अझसम्म चल्न सकेको छैन ।

फेरी बन्द हुँदा आसपासका स्थानीयवासी महँगीको चपेटामा पनि परेका छन् ।

जाजरकोटबाट सुर्खेत पु्ग्न हिँडेका यात्रु जयबहादुर बोहराले फेरीले विगतदेखि नै सताउने गरेको बताउनुभयो । रातिको समयमा यात्रा गर्दा फेरी नचल्दा यात्रु सल्लीबजार र राकममै अलपत्र पर्ने गरेको अनुभव उहाँको छ । आफूहरु झोलुङ्गे पुलबाट हिँडेर वारिपारि गरे पनि खाद्यका सामानहरु वारपार गराउन मुस्किल हुने गरेको अनुभव उहाँको छ ।

प्रतिक्रिया