सिताहरी प्रतिष्ठानद्वारा वृद्धवृद्धालाई सहयोग
बनेपा,फागुन,१० / सिताहरी प्रतिष्ठान बानेश्वर काठमाण्डौले बनेपा–४ को वौद्ध वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खाद्य सामग्री वितरण गरेको छ । आइतवार प्रतिष्ठानका टोली बौद्ध वृद्धाश्रम बनेपामा पुगी चामल, नुन, तेल, चिनी, चियापति, पिठो लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
स्व. माता पिताको नाममा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षा र मानवीय काममा लगानी गर्ने उद्धेश्य अनुरुप सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष एवं स्व. सीता गौतम र हरि गौतमका सुपुत्र नविन गौतमले जानकारी दिए । गत ०७० फागुण १ गते तिनपिप्लेमा रोकिराखेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा दम्पति कै निधन भएको थियो ।
मृतकको सम्झनामा छोरा, बुहारी, र परिवारले प्रतिष्ठानको गठन गरी सामाजिक कार्य गर्दै आएका छन् । प्रतिष्ठानले यस अघि सार्वजनिक मा.वि. निजगढका दुई विपन्न विद्यार्थीलाई ५ हजार ५ सय ५५ का दरले बार्षिक छात्रवृत्ति प्रदान शुरु गरेको संस्थाका सचिव युग पवन हुमागाईले जानकारी दिनुभयो ।
खाद्य सामग्री बुझ्दै वृद्धाश्रममा रहेका ७३ वर्षिया वृद्धा राज शाक्यले अन्नदान वृद्धवृद्धाका लागि जीवनदान भएको भन्दै मृतात्माको चीर शान्तीको कामना र प्रतिष्ठानलाई सफलताको शुभकामना दिए । वृद्धाश्रममा ५ महिला र ४ पुरुष वृद्धाहरु छन् ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया