दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७१ फागुन १० गते १४:५५ मा प्रकाशित
चितवन, १० फागुन । भरतपुर उपमहानगरपालिका –१० स्थित बाइपासरोडको आँखा अस्पताल अगाडि आज दिउँसो ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक शक्तिखोर गाविस–७ का २२ वर्षीय राजन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरतपुरको मालपोत चोकबाट आँखा अस्पतालतर्फ जाँदै गरेकोे ना२२प ३०४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना३त ७२०७ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक भरतपुर उपमहानगरपालिका– १० का लिलबहादुर गुरुङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया