प्रहरीको रोहबरमा ग्यास सिलिन्डर वितरण
बाबियाचौर (म्याग्दी), १० फागुन । गत मङ्सिरदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या भोगिरहेका म्याग्दीवासीलाई आज एक हजार ४०० सिलिन्डर वितरण गरिएको छ ।
प्रहरीको रोहबरमा ग्यासको अधिकृत बिक्रेताले उपभोक्तालाई ग्यास वितरण गरेका हुन् । ग्राहकको विवरण टिपेर प्राथमिकताका आधारमा प्रहरीको रोहबरमा उपभोक्तालाई ग्यास वितरण गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।
ग्यास बिक्रेतासमेत रहेका शाक्यले सदरमुकाम बेनीका ग्राहकका साथै सिंगा, तातोपानी र गलेश्वरका बिक्रेतामार्फत ४०० सिलिन्डर वितरण गरेको बताउनुभयो । उहाँका अनुसार आज बेनीमा भित्रिएको एक हजार ४०० गृहलक्ष्मी कम्पनीको ग्यास प्रहरीको रोहबरमा वितरण गरिएको हो ।
बेनीमा दैनिक १०० सिलिन्डर खाना पकाउने ग्यास खपत हुन्छ । नियमित ग्यास आपूर्ति नहुँदा एउटै ग्राहकले दुई तीनवटा सिलिन्डर राख्दा अभाव हुने गरेको ग्यास बिक्रेताहरुको भनाइ छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया