सक्छौ निर्माण गर : सक्दैनौ सद्भाव नबिथोल

इनेप्लिज २०७१ फागुन १० गते ३:१५ मा प्रकाशित

 k

‘देउराली उकाली चढेर, बिजयपुर खोला तरेर, कान्छी लाइ जाउँ भन्दा मानिन ज्यान लाई पर्नु पिर पर्यो …जस्तो कालजयी गीतका गायक सरोज गोपालले गाएको यो मनछुने गीतमा माया र प्रेम नै जोडिएका छन | “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको” ..जिवन शर्माको यो गीतमा नेपाल र नेपालीका दु:खका भाब प्रति बिम्बित भएका छन | स-कर्णालीमा नेपथ्यले नेपालको संस्कृति झल्काएको छ | पूर्वका सोरठी देखि पश्चिमका देउडा गितले नेपालको राष्ट्रियता र बहुजातीय, बहु भाषिक आपसी प्रेम लाइ प्रस्तुत गरेको पाइन्छ | माथि उल्लेख गरिएका ई केहि प्रतिनिधि प्रात्र मात्र हुन जसले नेपालको परिवेशलाई सम्बोधन गर्ने गरेका छन |

सार्बजनिक सवारी साधनका पछाडी लेखिने ‘हरफ’हरुमा कति गहन भाब लुकेका हुन भनेर छक्क पर्ने गर्छु | पर्खी बसे फर्की आउने छु, तिम्रो माया आगो मेरो माया पानि,दुइ दिनको जिन्दगानी,जय नेपाल, पोखरेली ठिटो, घर मेरो सुदुर-पश्चिम, पुर्बेली टाइगर आदि, इत्यादि कति हो कति यी र यस्ता प्रकारका बाक्यले पनि आफ्नो देशको ठाउको प्रतिनिधित्व गराईएको छ |

देशको भूगोल जति ठुलो होस, त्यसलाई एकताको सुत्रले जनतालाई बाध्ने भनेको संबिधानको धाराले हो जातले होइन | नेपालमा अहिले जातीय राज्य बनाउने की नबनाउने,भूगोलले नामाकरण गर्ने की जातले सिमांकन गर्ने भन्ने ठुलो विभेद छ भलै मेरो चासो जातीय वा क्षेत्रीय सदभाब भड्काउने संघियतामा छैन | देश अनुकुल पांच बिकास क्षेत्रलाइ संघियता घोषणा गरे पनि केहि आपत्ति छैन | आपत्ति मलाइ यत्ति हो, “यात्राका क्रममा सवारीका पछाडी देखिने बाक्य जस्तै सदभाब युक्त समाज होस, हरेक नेपाली गर्बका साथ् ‘जय नेपाल’ भन्न सकुन वा भनौ नेपाल र नेपाली प्रति गर्ब गर्न सक्ने नेपाल हुन्छ की हुदैन भनेर |”

निर्वाचनका बेला भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले भनेका थिए “हाम्रो देश ठुलो छ, बिभिन्न जात-जाति छन, हामीलाइ जोडेर राख्ने भनेको हाम्रो संबिधानले हो | संबिधान नै हाम्रो ‘गीता’ हो भनेर भनेका थिए |” हो नेपालका राजनीतिज्ञ लाइ म प्रश्न गर्न चाहान्छु,”मेरो देशको संबिधान लाइ अनिश्चयको भुमरीमा लगेर मिल्कयाएका छौ, देशका जनतालाई बिभिन्न जात-जातिमा फाटो ल्याएर वैमनस्यता सिर्जना किन गरेका हौ ? के नेपाली जनतालाई आफ्नो राष्ट्र र राष्ट्रियताको अपनत्व बोध हुने संबिधान माग्ने अधिकार छैन र ?

म नेपाली जनता हो, नेपाली जनताको हैसियतले मैले मेरो देशका जनताको बीच भावना लाइ जोड्ने डोरीको काम गर्ने साझा बिन्दुको खोजि हुनु जरुरि छ, हुनैपर्छ | सबिधान बनेर सबैले स्वीकार गर्न सक्ने अवस्था देखिएको छैन, देखिने बनाउनु पर्छ |

राष्ट्रियता भन्ने कुरा जनताको बिचमा भावनामा मेल आएको खण्डमा सिर्जना हुने ‘सेन्टिमेन्स’ जुन पोजेटिभ नेगेटिभ दुवै हुन्छ | देशमा पोजेटिभ सेन्टिमेन्स निर्माण गर्ने भनेको राजनीतिक स्थिरता नै हो अर्थात् राजनीति नै हो | तर अनेक जातजाती बीच द्वन्दको सिर्जना गरेर मिलेर बसेका जातिलाइ गिजोल्ने जुन प्रयत्न पछिल्लो १०-८ बर्षमा भयो त्यो निकै निन्दनीय कार्य भएको छ जसले समाजमा ‘फ्र्याक्सन’ ल्याउने क्याटलिष्टको काम गर्यो | १० बर्षे जनयुद्द र रणनीतिक शान्तिपूर्ण अवतरणले के प्रगति-दुर्गति गर्यो गल्फमा पसिना चुहाएका पुर्ब-लडाकु नेपाली दाजु भाइका फेसबुक नियाले पुग्छ, धेरै कष्ट गरिरहनु पर्दैन |

नेपाली जनताको राजनीतिक चेतनाको स्तरको बढोत्तरी संगै पार्टी र नेताको चेतनाको स्तर बढ्नु पर्ने हो, तर सकिरहेको छैन | यदि जनताको अपेक्षा र आकांक्षा अनुरुप राजनीतिक दलका नेताहरु नचल्ने हो भने भारतको दिल्ली बिधान सभा चुनाब जस्तै नेपालको अब आउने चुनाब नहोला भन्न सकिदैन र ?

यदि नेपाली विश्लेषक ‘सौरभ’को अध्ययन लाइ सकारात्मक रुपमा लिने हो भने बिश्वमै सबै भन्दा पुरानो देशको पहिचान बनाएको देश नेपालको अस्तित्व समाप्त पार्ने अभियानमा पश्चिमाहरु लागेको कुरा के हामी नकार्न सक्छौ ? सक्दैनौ, हो बिदेशी शक्तिको आडमा नेपाललाइ ‘प्रयोगशाला’ बनाइरहने हो, किनेका सो-कल्ड एन्थ्रोपोलोजिष्ट र सोसियोलोजिष्टहरुका नक्कली डेटा प्रस्तुत गरेकै भरमा नेपालकै नामो-निसाना नामेट पार्ने दुष्चक्रका लागि हामी साधारण जनताले संघियता र धर्मनिरपेक्षत़ाका लागी समर्थन गर्नु आबश्यक छैन |

बिकास,गणतन्त्र,संघियता,धर्मनिरपेक्षताका नाममा जे गरे पनि हुन्छ भन्ने जुन रुपमा दल र नेताहरुमा देखिने गैर-जिम्मेवारी पन छ, यसले मुलुकको बिकासमा दुरगामी असर त परेकै छ, गुगल गरेर बिश्वको बिकासको चरम नमुना देखेको नेपाली युबा पुस्ता ‘मनको लड्डु घ्यु संग खाने’उखान जस्तै बिकासको उधारो चेक लिएर सामाजिक संजालमा नोट अफ डिसेन्ट लेख्दै बस्नु बाहेक अरु कुनै बिकल्प देखिदैन |

अन्त्यमा, आफ्ना दल र केहि सिमित नेताका स्वार्थमा परेर समाजको भैरहेको सदभाब बिगार्नु भन्दा आफ्नो क्षमता छैन भने यस्तो मुद्दामा अगाडी नबढ्दा बेस हुन्छ ,सकिन्छ नयाँ बनाउ सकिदैन पुरानो लाइ नबिगारौं, इतिहास लाइ दुत्कारेर कहिल्यै गन्तब्यमा पुग्न सकिदैन |बरु इतिहास बाट पाठ सिकेर अगाडी बढ्नु निकै बुद्दीमत्ता पूर्ण निर्णय हुन्छ |

लेखक प्रबाशी पत्रकारितामा पेशामा बिगत ५ बर्ष देखि कार्यरत छन |

प्रतिक्रिया