इलेक्ट्रोनिक्स एक्स्पोमा आठ करोड कारोबार

इनेप्लिज २०७१ फागुन १० गते २:२२ मा प्रकाशित

elecभक्तपुर, १० फागुन । यहाँ आयोजित इलेक्ट्रोनिक्स एक्स्पो २०१५ को समापनसँगै करिब आठ करोड बराबरको कारोबार भएको छ ।

भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घले यही फागुन ५ देखि ९ गतेसम्म आयोजना गरेको मेलाले सम्भवतः जिल्लामा अहिलेसम्म आयोजित मेलामध्ये सबैभन्दा बढी कारोबार भएको जिकिर गरेको छ । “हामीले मेलामा रु तीन करोडसम्म कारोबारको अपेक्षा राखेका थियौँ तर सोचेभन्दा बढी कारोबार भएकाले उत्साही बनाएको छ”, एक्स्पोका मूल संयोजक तथा आयोजक संस्थाका संस्थापक अध्यक्ष न्हुछेरत्न मानन्धरले बताउनुभयो ।

जिल्लालाई विद्युतीय सामग्री कारोबारको गन्तव्यस्थल बनाउने तथा यहाँको सांस्कृतिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको थियो । एक्स्पोमा १०० भन्दा बढी विद्युतीय सामग्री, सूचना प्रविधि, मोबाइल, जिल्लामा उत्पादित छाला, काष्ठकलाका सामग्री तथा बारा, समय्बजी, छोय्ला, घरेलु रक्सीलगायत मिठाइ तथा अन्य नेवारी परिकारसमेत राखिएको थियो ।

मेला अवधिभर राइडर अफ भक्तपुरले मोटरसाइकल स्टन्ट तथा विभिन्न सांस्कृतिक समूह, विद्यालय र कलेजले नृत्य, प्रहसन, गीत, साङ्गीतिक प्रस्तुति गरेका थिए । त्यस्तै बालबालिकाका मनोरञ्जनात्मक सामग्री पनि राखिएका थिए ।

प्रतिक्रिया