बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं ०१:२३
वासिङटन डिसी 15:38

सिंजाली राजाको पञ्चदेवल अतिक्रमित

इनेप्लिज २०७१ फागुन १० गते १:५७ मा प्रकाशित

Achham_district_locationअछाम, १० फागुन । दर्ना गाविस–२मा रहेको ऐतिहासिक पञ्चदेवल संरक्षण र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पञ्चदेवल जुम्लाको सिंजा राज्यका राजाले निर्माण गरेको मानिन्छ । दर्नाली राजाको विशेष इतिहास बोकेको थलो भएकाले पनि पर्यटन प्रर्वद्धन र ऐतिहासिक दस्तावेज स्वरुपमा रहेको पञ्चदेवलको संरक्षण गर्न कुनै निकायबाट प्रयास नगरिएको स्थानीयवासी हेमबहादुर शाहले बताउनुभयो ।

पाँचवटै देवल पूरै कलात्मक र आकर्षक भए पनि संरक्षणमा कसैको ध्यान नजाँदा माटो र झारपातले पुरिने अवस्थामा छन् । देवल क्षेत्र रहेको वरिपरि जग्गाधनीबाट अतिक्रमित भइरहेकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया