वार्तामा नआउनेलाई कुरेर समय फाल्न सकिँदैनः परराष्ट्रमन्त्री
चितवन, १० फागुन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विपक्षी दल वार्तामा बस्न नआए संविधान निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले पटक पटक वार्तामा बोलाउँदा पनि विपक्षी दल वार्तामा बस्न नआएको बताउनुभो । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य पाण्डेले विपक्षी दलले संविधान बनाउन नचाहेको आरोेप लगाउँदै भन्नुभयो–“प्रधानमन्त्रीले दुई पटकसम्म लिखित आग्रह र पटक पटक मैखिक आग्रह गर्दा पनि वार्तामा नआउने दललाई कुरेर समय फाल्न सकिँदैन ।”
सहमतिकै आधारमा संविधान जारी गर्नका लागि संविधानसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगन गरिएको बताउँदै मन्त्री पाण्डेले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।
यसैबीच एमालेका सचिव योगेश भट्टराईले दलहरुले नयाँ शिराबाट सहमतिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सबै नेपालीको भावना समेटिने संविधान जारी गर्न सबै दल लचकता साथ प्रस्तुत भएर सहमतिमा पुग्नुपर्नेमा जोड दिनुभयो ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया