प्रधान सेनापति राणा पाँचदिने भ्रमणमा युएइ प्रस्थान

इनेप्लिज २०७१ फागुन ९ गते १७:०० मा प्रकाशित

Gaurav-Samser-Rana

काठमाडौँ, ९ फागुन । संयुक्त अरब इमिरेट्सको युएइको सशस्त्र सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल हमद मोहम्मद थानी अल रुमाइठीको निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर जबरा चार सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति राणा युएइको अवुधावी राष्ट्रिय प्रदर्शनी केन्द्रमा यही फागुन १० देखि १४ गतेसम्म आयोजना हुने बाह्रौँ अन्तर्राष्ट्रिय रक्षा प्रदर्शनी आइडेस्क–२०१५ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापति राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी प्रदीपविक्रम राणाले बिदाइ गर्नु भएको थियो । उहाँ भ्रमण पूरा यही फागुन १५ गते स्वदेश फर्कनुहुने निर्देशनालयले जनाएको छ । प्रसे राणाको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपविक्रम राणाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।

प्रतिक्रिया