प्रधान न्यायधिस शाह रुसको औपचारिक भ्रमण गरि स्वदेश फिर्ता
डिसी
नेपालका प्रधान न्यायधिस सम्माननीय राम कुमार प्रसाद शाह रुसको औपचारिक भ्रमण पछि स्वदेश फिर्ता हुनु भएको छ l प्रधान न्यायधिस राम कुमार प्रसाद शाहले रुसको भ्रमण गत फेब्रुअरी १५ देखि फेब्रुअरी २० तारिख सम्म गर्नु भएको थियो l
वहा तथा प्रतिनिधिमंडललाई रसियाका सर्बोच्च अदालतका अधिकारीहरुले स्वागत गरेका थिए भने प्रधान न्यायधिस शाहले महामहिम भ्याचेसलव एम लेबेदेव संग भेटवार्ता गर्नु भएको थियो l उक्त भेटघाट कार्यक्रममा आ-आफ्ना देशका न्यायिक बिषय सम्बन्धि बिबिध बिषयमा छलफल भै कसरी सुधार गर्न सकिने भन्ने बारेमा चर्चा भएको थियो l
उक्त भ्रमणको शिलशिलामा अन्य महत्वपूर्ण अधिकारी संग भेटघाट गर्नु भएको थियो भने रसियाको सर्बोच्च अदालत ,क्षेत्रीय अदालत तथा जिल्ला अदालतको समेत भ्रमण गर्नु भएको थियो l
भ्रमणको समाप्तिमा प्रधान न्यायधिसले बिशेष धन्यबाद दिनु भएको थियो l भ्रमण बाट प्रतिनिधि मण्डलले धेरै लाभ प्राप्त गरेको चर्चा गर्दै रुसबाट धेरै सिक्ने मौका पाएको भन्दै नेपालको न्यायिक अभ्यास तथा सुधारमा लागु गर्न पनि सकिने छ भन्नु भयो l
प्रतिनिधि मण्डलमा विद्यानाथ उपाध्याय ,श्री कान्त पौडेल ,ममता खनाल तथा रुसका रलागि नेपाली राजदुत मोहन सापकोटाको साथै प्रधान न्याधिसकि श्रीमती कन्चन लता शाह रहनु भएको थियो भने वहाहरु सबै बैठक र कार्यक्रममा उपस्थिति हुनु भएको थियो l
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया