कोरियामा नेपाल हाउस बनाउन जुटे नेपाली

इनेप्लिज २०७१ फागुन ९ गते १:२५ मा प्रकाशित

बेनी(म्याग्दी), ९ फागुन । दक्षिण कोरियामा रहेका नेपाली व्यवस्थित र दीर्घकालीन नेपाल हाउस बनाउन जुटेका छन् ।

रोजगार, व्यापार, शिक्षालगायत विभिन्न कारणले कोरियामा पुगेका नेपालीलाई अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली सङ्घ (एनआएन कोरिया) को सक्रियतामा बिहीबार र शुक्रबार १० करोड वान सङ्कलन गर्न नेपाल हाउस साङ्गीतिक महामेलाको आयोजना गरिएको छ ।

कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक प्रमोद खरेल, रेजिना मल्ल, नायिका छुल्ठिम गुरूङ, लोक गायिका देवी घर्तीमगरलगायतले कोरियामा रहेका नेपालीलाई आफ्नो प्रस्तुति दिएका थिए ।

‘नेपालीलाई लक्षित गरेर गरिएको अभियानमा सबैको सहभागिता रहेको छ । नेपाल हाउसले सबै नेपालीलाई एकजुट बनाएको छ’ म्याग्दी समाज समिति दक्षिण कोरियाका उपाध्यक्ष अनन्त गिरीले भन्नुभयो ।

कार्यक्रममा कोरियास्थित नेपाली राजदूत कमानसिंह लामाले प्रवासमा रहेका नेपालीको एकताबाट उत्साहित भएको भन्दै यो अभियान विश्वभर रहेका नेपालीमै नमुना रहेको बताउनुभयो ।

प्रतिक्रिया