पहिचानको मुद्दामा लचिलो हुन सक्छौँ: श्रेष्ठ
इनेप्लिज
२०७१ फागुन ८ गते ११:१९ मा प्रकाशित
धनकुटा, ८ फागुन । एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्तापक्षीय दलहरुले बहुमतीय प्रक्रिया रोकेर वार्ताको वातावरण बनाए आन्दोलनरत दलहरु पहिचानको मुद्दामा पनि लचिलो हुने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घले आज धनकुटामा गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बहुमतीय प्रक्रिया रोकेमा आन्दोलनरत दलहरु पहिचानको मुद्दामा लचकतासहित तत्काल वार्तामा बस्न तयार रहेको बताउनुभएको हो ।
दुवै पक्ष लचक भएमा सहमतिको वातावरण बन्ने उहाँको भनाइ थियो । बहुमतीय प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिए सङ्घीयताको मुद्दामा प्रदेशको नाम र सङ्ख्या दुवैमा आन्दोलनरत पक्ष लचकता अपनाउन तयार गरेको उहाँले बताउनुभयो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
प्रतिक्रिया