तातोपानीमा होटल व्यवसाय फस्टाउँदै
म्याग्दी, ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१३ मा रहेको सिङ्गा तातोपानीमा होटल व्यवसाय फस्टाउँदै गएको छ ।
प्राकृतिक उपचार केन्द्रका रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्न र भम्रणका लागि आउनेको सङ्ख्या बढ्दै गएपछि होटल व्यवसाय फष्टाउन थालेको हो ।
कुण्डमा स्थानका लागि आउनेको चाप बढेपछि गुणस्तरीय सेवा सुविधासँगै होटलको क्षमता विस्तार गरेको तातोपानी होटल व्यवसायी सङ्घका सचिव कुमार केसीले बताउनुभयो । ‘‘होमस्टे र साना होटल खुल्ने क्रम बढ्दै गएको छ’’ सचिव केसीले भन्नुभयो ।
तातोपानी कुण्डमा स्थान गर्न आउनेलाई उनीहरुकै चाहनाअनुसार बसोवासको व्यवस्था मिलाइएको छ । अहिले तातोपानीका होटलमा स्थानीय उत्पादनका परिकारले लोभ्याउने गरेको छ । स्थानीय खोलामा पाइने माछा, लोकल कुखुरा, लोकल खसीको मासुको परिकार बढी माग हुने गरेको तातोपानी होटल व्यवसायी सङ्घका अध्यक्ष फत्तबहादुर शेरचनले बताउनुभयो ।
तातोपानीमा रहेका केही ठूला होटलमा वाइफाइ इन्टरनेट सुविधासमेत विस्तार गरिएको छ । तातोपानी कुण्डमा नियमित नुहाउनाले ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिनेलगायतका रोग निको हुने विश्वास रहेको छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया