काठसहित दुईजना पक्राउ
इनेप्लिज
२०७१ फागुन ८ गते ५:२८ मा प्रकाशित
वीरगन्ज (पर्सा), ८ फागुन । पर्सा जिल्लाको पटेर्वा सुगौली—९ बाट गएराति इलाका वन कार्यालय रङ्गपुरको गस्ती टोलीले तीनवटा साइकलमा लोड रहेको सालको काठसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोनवर्षा गाविस भतौडा गाउँ निवासी जयनारायण नुनियाँ र प्यारेलाल नुनिँया रहेका छन् । राष्ट्रिय वनबाट काठ कटान गरी अवैध रुपमा ल्याइरहेको अवस्थामा इलाका वन कार्यालय रङ्गपुरका जम्दार मित्रदेव चौधरीको नेतृत्वमा रहेको वन गस्ती टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय रङ्गपुरमा राखिएको छ । पर्साको राष्ट्रिय जङ्गल फँडानी बढेपछि पछिल्ला दिनमा वन गस्ती टोलीले पनि जङ्गल फँडानीविरुद्ध अभियान चलाएको जिल्ला वन कार्यालयले जनाएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया