सोमबार, कार्तिक १० २०७७
काठमाडौं ०७:४४
वासिङटन डिसी 21:59

मोरङमा आगलागी, साठी लाखको क्षति

इनेप्लिज २०७१ फागुन ८ गते ५:२५ मा प्रकाशित

aagoविराटनगर, ८ फागुन । मोरङमा बिहीबार बेलुकी आगलागी हुँदा दुई परिवारको रु ६० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्युत् सर्ट भई सुन्दरदुलारी–१ को गोठगाउँका मधुसूदन घिमिरे र छिमेकी हरि साहको घर जल्दा सो बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागीमा घिमिरे र साहको दुईतल्ले टिनको घर, घरमा रहेका गरगहनालगायत सरसामान जलेको हो । स्थानीय जनता, प्रहरीका साथै दमकलको सहयोगमा दुई घन्टामा आगलागी नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया