नौ हजार आठ सय अपाङ्गता भएकाले परिचयपत्र लिए
इनेप्लिज
२०७१ फागुन ८ गते ५:०५ मा प्रकाशित
मोरङ (पथरी), ८ फागुन । मोरङमा रहेका नौ हजार ८०० अपाङ्गता भएका व्यक्ति अपाङ्गता परिचयपत्र लिएका छन् ।
महिला तथा बालबालिका कार्यालय मोरङकी कार्यालय प्रमुख महेश्वरी बिष्टले परिचयपत्रको प्रक्रिया भएदेखि अहिलेसम्म सो सङ्ख्याका व्यक्तिले परिचयपत्र लिइसकेको बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख उत्तम सिवाकोटीले मोरङमा रहेका १७ हजार अपाङ्गता भएकामध्ये नौ हजार ८०० ले परिचयपत्र लिएको र बाँकी सात हजारले पहुँचको अभाव तथा स्वास्थ्य प्रतिकूलताको कारणले परिचयपत्र लिनबाट वञ्चित रहेको बताउनुभयो ।
मोरङको पूर्वी पहाडी जिल्ला वारङगी, रमिते खोला, जाँते, लेटाङबाट आएका मानसिक अपाङ्गता भएका सर्वसाधारण परिचयपत्रबाट वञ्चित भएको पीडितका अभिभावकले गुनासो गरेका छन् ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया