आन्दोलन पुगेको छैन – संघर्ष गर्ने पर्या छ
मैदानमा उत्रिनै पर्या छ
त्यसर्थ
आओ विध्यार्थी मित्रहरु
डटौ एकचोटी – फेरी
लडौँ , एकचोटी – फेरी
यो हुनेछ मान्छेको लडाई – मान्छेका निम्ति
यो हुनेछ एउटा जबर्जस्त लडाई – जनताका निम्ति
त्यसर्थ,
आओ विध्यार्थी मित्रहरु
फेरी अन्तिम चोटी एउटा संघर्षको घन ठोकौ
अब गरीने केही बेरको अन्तिम लडाईं का निम्ति
एउटै आचार संहीता पालन गरौँ –
” केही उपलब्धी नहुन्जेल कुनै भातृ संगठनको चन्दन नालागाऊं ”
कुनै पक्ष – विपक्षको कौनै गाथा नगाऊं
‘माटो’ , ‘झन्डा’ र ‘राष्ट्रियता’ लाई
सर्वोपरी मानौं
विसंगति देख्नै नसक्ने – केवल एक विध्यार्थी बनौं
भ्रष्टाचारको भन्डाफोर गर्ने – मात्र एक विध्यार्थी बनौं
बस एक विध्यार्थी , फगत एक विध्यार्थी – केवल एक राष्ट्रप्रेमी विध्यार्थी
कुरा नमिल्दा ‘ टायर’ बाल्न हामीलाई बाटो चाहिन्छ
वेला मौकामा ‘‘कालो झण्डा’’ देखाउन हामीलाई आफ्नै माटो चाहिन्छ
आज आफैंले सीमाना को देख- रेख नगरे माटो कहाँ पाईन्छ ?
अन्त्यमा लमतन्न परेर पसारिनु पर्दा पनि त आर्य घाट ‘जस्तो’को माटै चाहिन्छ
माटो नभए खुट्टा टेक्न कहाँ पाईन्छ ?
माटो भएपो माटोको गीत गईन्छ !
तसर्थ जागौं विध्यार्थी मित्रहरु – आजै जागौं , अहिल्यै जागौं
(‘’उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ………)
समय धेर छैन –
किनकी
कस्तुरी फेला पर्न गाह्रो होला
सियालको सिंग किन्न पाईन्न होला
गौलोचन देख्न पाईन्न होला
नाग मणी फेला नपर्ला
तर
एक्काइसौँ शताब्दी मा पनि पैसा तिरेर
खाना पकाउने ग्यास अथवा मट्टीतेल किन्न पईन्न भने –
यसको ब्यवस्था मिलाउनु पर्ने निकायले कुनैं टेर पुछरै लाउन्न भने
कति आसामुखी बन्ने ?
अझै कति ‘’ज्यू ‘‘- ‘‘हजूर’’ गर्ने ?
यस्तो नून – तेल को व्यापार गर्न खासै राजनीतिक ‘हैंसे’ चाहिन्थेन
भन्ने ले जेसुकै भनून् …..
जनताले किनेर खाने – सामग्री छताछुल्ल पर्न संक्ने एउटा ईमान्दार व्यापारी खोजौं !
लौन विध्यार्थी मित्रहरु एउटा – आन्दोलन रोझौँ
एउटा जबर्जस्त आन्दोलन रोझौँ
सायद
धनी – गरीब , उच्च वर्ग – पीडीत वर्ग , शासक -शासित ,विध्यार्थी – मास्टर
ठेकेदार – ज्यालादारी , डाक्टर – बीरामी ,साधारण जनता
र अविस्मरणीय महान नेता
सबै को चुलामा साँझ बिहान आगो त बाल्नै पर्यो नि होईन र ?
यसका निम्ति – लागी पारौं
हो,
विध्यार्थी मित्र हरु – आन्दोलन गरौँ !
हामीमा शक्ति नभएको पनि होईन चाहिएका वेला हामी
विश्वकीर्तिमान राख्ने ऐतिहासिक मानव निर्मीत झन्डा बनाउन सक्छौं
त्यही शक्ति सीमानामा ऊभ्यायौं भने – वैरी थर्काउन पनि त सक्छौं
‘जाई ‘ पो नलाग्नु त
तर आई लाग्नेलाई ? ? ?
‘’खाँडो जगाउँदा एक ठाउँमा भनिन्छ वैरी को टाउकामा
ठ्याक्क, ठ्याक्क ,ठयाक्क ‘’
त्यसैले विध्यार्थी मित्रहरु – अब कसैको भर नपरौं
आन्दोलन गरौँ
अझ पनि हामी जागेनौं भने
आमाले हामीलाई सराप्नेछिन
छोरा – नातीले धिक्कार्ने छन्
कोशी , मेची , कर्णाली ,महाकाली अविरल बगीरहेछ
समय पनि बगीरहेछ
अबत जागौं
यत्ति धेरै पनि नासुतौं की व्युझंदा
कुनै छीमेकीका आँगनमा हाम्रा आँखा खुल्न पुगून
सिरानेमा पानी छ – तिर्खाएर नमारौ
लाज पो हुन्छ त कसैलाई पानी पिउन पाईएन नभनौं
उखान हाम्रो हो तर उनले भन्ने छन्
किन ”रोईस मंगले ……………………….? भनेर
उज्यालोको बिरोधी को होला त ?
बिज्ञान को ‘खिलाफ ‘मा को होला त ?
बिजूली बिरामी लाई चाहिन्न की डाक्टर लाई
बिजूली विध्यार्थी लाई चाहिन्न की मास्टर लाई
बिजूली मदौरु लाई चाहिन्न की धामी लाई
आमै लाई चाहिन्न की नानी लाई
व्यापारी लाई चाहिन्न की ग्राहक लाई
मजदूर लाई चाहिन्न की उद्द्योगपतिलाई
अभिनेतालाई चाहिन्न की नेता लाई ?
नेपालका लागी बिजूली ‘सियाल’ को सिङ हो ???
की कुर्सी जोगाउन संधै भन्नै पर्ने – नमच्चिने पींग हो ?
त्यसर्थ लागौं विध्यार्थी मित्र हरु
अब शसक्त आन्दोलनमा लागौं
”बत्ती मुनी अँध्यारै ………..
पारेर नबसौ बिजूली बालेरै छोडौं
अँध्यारो लाई भगाएरै छोडौं
शपथ लियौं
यो आन्दोलन खबरदारी को आन्दोलन हुने छ
यो आन्दोलन जिम्मेवारी को आन्दोलन हुने छ
प्रण गरौँ
यो आन्दोलन माछो माछो माछो माछो
भ्यागुतो को हुने छैन
छात्तिमा हात राखेर भनौं
यो आन्दोलन फगत हात्ती आयो हात्ती आयो ……………………
कदापी हुने छैन
कसैले गरेन राम्रै भयो – हामीले मौका पायौं
कसैले बुद्धि पुर्याएन असल भो
हामीले बुद्धि पुर्याऔ
कोई चिप्लियो – हामी सम्हालियौ
खबरदार !
यो आन्दोलन ढुंगा – मुडा को नहोस्
यो आन्दोलन लाठी – मुङ्ग्री को नहोस्
यो आन्दोलन दश नंग्री को होस्
यो आन्दोलन केवल दश नंग्री को होस्
यो आन्दोलन जात – पात को नहोस्
यो आन्दोलन कुनै धर्म – सम्प्रदाय को नहोस्
यो आन्दोलन कुनै वर्ग बिशेष को नहोस्
यो आन्दोलन माटो को निम्ति होस्
यो आन्दोलन पानीको निम्ति होस्
देश कसलाई चाहिन्न होला ?
बिजुली – पानी कसलाई चाहिन्न होला ?
बाटो – घाटो कसलाई चाहिन्न होला ?
उद्द्योग धन्दा – रोजगारी कसलाई नचाहिएला ?
पठन -पाठन को अशल वातावरण का निम्ति कसको बिमति होला ?
‘’झन्डा’’ कसलाई प्यारो नलाग्ला ?
‘’राष्ट्रियता’’ कसका निम्ति प्यारो नहोला ??
हाम्री कुनै चेली लाई कतै बाट उद्धार गरी ल्याउनु पर्यो भने
पहिले उनको जात सोध्ने – कि उद्धार गर्ने ?
मादल कसले मात्र बजाउने ?
हामी मुलुक बाहीर कतै गयौं भने
हामी नेपाल बाट भन्ने कि ‘’ लुबू’’ बाट भन्ने या ‘’सोलु’’ बाट भन्ने
बिरामी पर्यौँ भने आफ्नै जात को ‘’डाक्टर’’ खोज्ने कि
स्कूल जाँदा आफनै जातका ‘’मास्टर’’ खोज्ने कि
तल्लो घर माथ्लो घर पानी बाराबाट गर्ने कि
आफैं – आफ मा मारामार गर्ने ?
लौन विद्यार्थी साथी हरु
जाग न – अबत जाग
यो मौका हो सुधार्ने / यै मौका हो सपार्ने
तिमीलाई कस्तो ”भोली” चाहिन्छ – तेतै तिर लाग
तिमीलाई कस्तो देश चाहिन्छ आफैं सित माग
कवि – महानन्द सापकोटा को ‘’संघर्ष’’ कविता बाट दुई हरफ ………
समर्पण तिमीहरुलाई –
”संघर्षमा बल थपोस् नवप्रेरणा ले
जागा रहोस् मुलुक निर्मल चेतना ले ‘’
– तुंगनाथ
प्रतिक्रिया