दुर्घटनामा एकको मृत्यु, १२ घाइते
रत्ननगर (चितवन), ७ फागुन । चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवनको कठार गाविस– ६ बस्ने ३० वर्षीय कृष्ण गिरी रहेको प्रहरीले जानकारी दिएको छ । अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
नारायणगढबाट हेटौँडा जाँदै गरेको ना५ख ५८७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा१ख ६६७४ नम्बरको तरकारी बोकेको मिनी ट्रक एकापसमा ठक्कर खाई सो दुर्घटना भएको हो ।
आज बिहान करिब ३ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तरकारी बोकेका मिनी ट्रकका चालक गिरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्युभएको प्रहरीले जानकारी दिएको छ ।
उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । अन्य सबै घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ट्रम्प उडे फ्लोरिडा,मेरील्याण्डबाट दिए अन्तिम मन्तव्य
ट्रम्प व्हाइट हाउस छोड्दै ,बाइडेन ४६ औ राष्ट्रपतिको सपथ लिदै
कमला ह्यारिसले एएपिआईका समर्थकहरू दिईन धन्यवाद
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
प्रतिक्रिया