म्याग्दीमा २.३३ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको जीवाणु
बेनी (म्याग्दी), ६ फागुन । म्याग्दीमा २.३३ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको जीवाणु देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीको पछिल्लो तथ्याङ्कअनुसार कुल जनसङ्ख्यामध्ये २.३३ प्रतिशतमा हात्तीपाइलेको जीवाणु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन घनश्याम सिग्देलले जानकारी दिनुभयो ।
यसैबीच हात्तीपाइले रोग निवारण अभियान २०७१ अन्तर्गत म्याग्दीमा करिब एक लाख जनालाई औषधि खुवाउने लक्ष्यसहित अभियान सुरू गरिएको छ ।
सिग्देलका अनुसार कुल जनसङ्ख्या एक लाख १२ हजार ४३९ जनसङ्ख्यामध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, गम्भीर बिरामी र ज्येष्ठ नागरिकबाहेकलाई औषधि खुवाउने गरी आवश्यक जनशक्तिसमेत तयार गरी प्रचारप्रसारको अभियान सुरु गरिएको छ ।
अभियानअन्तर्गत बेनीनगरपालिका र ३५ गाविसमा औषधि खुवाउन ८३४ स्वयम्सेविका र १५० स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
विगत ६ वर्षदेखि नियमित खुवाउँदै आइरहेको औषधिबारे गलत भ्रम फैलिएकाले केही वर्ष सामान्य समस्या देखिए पनि पछिल्ला वर्षमा भने लक्ष्यअनुसार नै खुवाइएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रोशन न्यौपानेले बताउनुभयो ।
गत वर्ष ९४ हजार ७८४ जनाले सो औषधि खाएका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया