प्रेम दिवशको पहिलो बर्ष थियो
प्रियालाई भेटन मन आतुर थियो
शुन्दर फुलहरु प्रेमको उपहार दिन किने
अनि, छातीमा ढ्यांग्रो ठोक्दै भेटन पार्कतीर हिडे।
हामी मौन थियौ, आखाहरु बोल्दैथिए,
आवाज थिएन, तर ओंठहरु चल्दैथिए
फुलदिने बहानामा, यी हातले ती हात छोए
हामी तात्तीयौ, हाम्रो तापले फुलहरु पिडाले रोए।
प्रिया अर्धागिंनी हुदै बुढी भईन,
म अर्धांगो हुदै बाजे भए,
थिएन भेटन जानु कतै, थियौ दुबै साथ
फुल किनेर फर्कदा, परयो मmण्डै रात।
फुलमा शौन्र्दयता थियो पहिला जस्तो उन्माद थिएन
मनको तलाऊमा शान्ती थियो, पहिला जस्तो हुरी थिएन।
तैपनि पुरानोस्मृतीले, अतितमा झै फुल दिने रहर जाग्यो
हाम्रो स्पर्शले फुलहरु मुस्कुराए,
मलाई उन्को हात पनि आफनो हात जस्तो लाग्यो
प्रियाले रिसाऊदै भनिन, हन तिमि कहा हराएको?
श्रीमतीलाई छुदा पनि किन, बात लाग्दा जस्तो गरी डराएको?
प्रतिक्रिया