अमेरिकाको टेक्सासमा एमआरपी फर्म वितरण २०,००० मांग मा १००० मात्र उपलब्ध

इनेप्लिज २०७१ फागुन ४ गते २२:३६ मा प्रकाशित

 

 

_BRN0775टेक्सास ,फेब्रुवरी १५, आईतबार । नेपाली समाज टेक्सास (एनएसटि) को आयोजनामा आज समाज कै कार्यालय भवन मै Machine Readable Passport (एमआरपी) फर्म वितरण कार्यक्रमको आयोजना गरियो। अमेरिकाको टेक्सास राज्यको ड्यालस -फोर्टवर्थ मेर्टोप्लेक्समा मात्र झन्डै ३० हजार भन्दा बढी तथा टेक्सास राज्यमा ५०,००० को हाराहारीमा नेपालीहरु बसोबास गरिरहेको अनुमान गरिन्छ।

_BRN0773

एनएसटिको अग्रसरता तथा नेपाली दुताबासबाट टेक्सास राज्यको निमित्त एमआरपी फोकल पोइन्ट सम्पर्क व्यक्ति बेदराज बस्नेतको सहयोगमा नेपाली दुताबासबाट प्राप्त फर्म वितरण आज गरिएको हो। फर्म का साथै फर्म भर्दा ध्यान दिनुपर्ने जानकारी लिफलेट समेत वितरण गरिएको थियो।

_BRN0765

२०,००० प्रति भन्दा बढी फर्म मांग रहेको टेक्सास नेपाली समाजमा जम्मा १००० प्रति मात्र फर्म उपलब्ध भएको र फर्म लिन आएकाहरु लाई रित्तो हात फर्काउनु परेको हुँदा नेपाली दुताबास संग सम्पर्क गरि थप फर्म उपलब्ध गराउन पहल गर्ने जानकारी यस कार्यक्रमका संयोजनकर्ता तथा नेपाली समाज का महासचिब विजयराज भट्टराईले दिनुभयो।

_BRN0756

कार्यक्रममा फर्म भर्दा ध्यान दिनु पर्ने कुराहरुका बारेमा जानकारी एनआरएन, अमेरिका का कोषाध्यक्ष बेदराज बस्नेत ले गराउनु भयो। फर्म वितरणमा नेपाली समाज टेक्सस पूर्व अध्यक्ष राम सी. पोखरेल, कार्यकारिणी सदस्य केदार तिम्सिना , इन्द्रेणी संस्कृती संघका अध्यक्ष नेत्र पाण्डे तथा नेपाल अमेरिका पत्रकार संघका (नेजा) क्षेत्रिय संयोजक विकासराज न्यौपानेले सहयोग गर्नु भएको थियो। अन्तराष्ट्रिय नियम अनुसार हस्तलिखित पासपोर्ट आउने नोभेम्बर २४ वाट उपयोग गर्न सकिदैंन । त्यसैले यस अघिनै हस्तलिखित पासपोर्ट छ भने अवधि नसकिएपनि नविकरण गरिसक्नु पर्ने हुन्छ ।Untitled-1 (1)

नेपाली दूतावासले पटक पटक हस्तलिखित पासर्पोट नविकरण गरी एमआरपी बनाउन नेपालीलाई आव्हान गर्दै आएको छ । समाज द्वारा फर्म वितरणका लागि आव्ह्वान गरिएको जानकारी मै “हामीसंग सिमित प्रति फर्म मात्र उपलब्ध भएको र पहिले आउनेले पहिले पाउने गरी वितरण गरिन लागेको हुँदा समयमा उपस्थित हुन जानकारी गराउदछौ। एउटा पासपोर्ट बराबर १ फर्म मात्र उपलब्ध गरिने जानकारी गराउदछौ।” भनिएको थियो तर पासपोर्ट बोकेर आउने सबैले फर्म पाएनन्। आफूले प्रिन्ट गर्न नमिल्ने तथा फोटो कपि मान्य नहुने हुँदा सक्कली फर्मको निकै आबश्यकता महसुस गरिएको छ। थप जानकारीका लागि सम्पर्क:- बेदराज बस्नेत: ६८२ ४७२ ९१३७, राम पोखरेल : ६८२ ५२१ ७४७५, विजयराज भट्टराई: ६८२ ४३३ ३९४७, विकास राज न्यौपाने: २१४ ३०० ५५८६ ।

कार्यक्रमको अन्तमा मिडियासँग कुरा गर्दै एनआरएन, अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेतले नेपाली दुताबासलाई ५ हजार फाराम आवश्यक भएको जानकारी गराएको बताए ।

प्रतिक्रिया