मिर्गौला बेचबिखनबाट पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति
बनेपा, ४ फागुन । काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य भएका परिवारका चार जना बालबालिकालाई स्थानीय विद्यालयमा छात्रवृत्ति प्रदान गरिएको छ ।
उनीहरुलाई जनअधिकार संरक्षण मञ्च (पिपिआर) को पहलमा विद्यालयको पोसाकसहित स्टेसनरी सामग्रीसमेत प्रदान गरिएको मञ्चकी जिल्ला संयोजक कृष्णप्यारी नकर्मीले जानकारी दिनुभयो ।
छात्रवृत्ति पाउने पीडित परिवारका चार बालबालिकामध्ये दुई काभ्रेपलाञ्चोकको ज्याम्दी गाविसका, एक जैसीथोक गाविसका र एक काभ्रे गाविसका छन् । उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा अध्यापन गराइएको छ ।
“बालबालिकाको पहुँच विद्यालयसम्म पु¥याउन अहिले एक वर्षका लागि मात्रै यस्तो छात्रवृत्ति दिएका हौं,” जनअधिकार संरक्षण मञ्चकी जिल्ला संयोजक नकर्मीले भन्नुभयो । उहाँले एसिया फाउन्डेसन र युएसएडको सहयोगमा शिक्षाका लागि तत्काल रु तीन हजारदेखि पाँच हजारसम्म लगानी भएकोे बताउनुभयो ।
काभ्रेपलाञ्चोकको ज्याम्दी, जैसीथोक र काभ्रेलगायतका गाविसमा स्थानीय बासिन्दाले जीविकोपार्जनका लागि मिर्गौला बेचबिखन गर्दै आएका छन् । केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्ष अघिदेखि मिर्गौला बेचबिखन हुँदैआएको बताइन्छ ।
जिल्लास्थित गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर)ले गरेको प्रारम्भिक अनुगमनमा काभे्रका ३०० जनाले मिर्गौला बेचिसकेको देखिएको छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया