क्यानडाका राजदूत काली प्रसाद पोखरेल द्वारा लेटर अफ कमिसन हस्तान्तरण

इनेप्लिज २०७१ फागुन ४ गते २:१२ मा प्रकाशित

HE Handing over LoC to Mr. Voyer

क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री काली प्रसाद पोखरेलले क्यानडाको क्युबेक प्रान्तका लागि नेपालका नवनियुक्त अवैतनिक वाणिज्यदूत Mr. Bernard Voyer लाई Letter of Commission हस्तान्तरण गर्नुभयो ।

नेपाली राजदूतावास ओटावामा आज आयोजित एक कार्यक्रममा महामहिम राजदूत पोखरेलले अवैतनिक वाणिज्यदूत Mr. Voyer लाई नेपालको Honorary Consul को रुपमा कार्यरत रहंदा नेपालको व्यापार, पर्यटन तथा जलश्रोतको विकासमा मद्दत पुग्ने प्रकारका कार्यहरु गर्न अनुरोध गर्नुभयो । अवैतनिक वाणिज्यदूतका कार्यालय प्रशासन सम्बन्धी कार्यहरुका सम्बन्धमा निर्देशन दिंदै महामहिम राजदूतले क्यानडा सरकारको कानून र प्रचलन भित्र रही कार्य गर्न र गरेका कार्यहरुको दूतावासमा प्रतिवेदन गर्न निर्देशन दिनुभयो ।

Letter of Commisssion बुझ्दै नव नियुक्त अवैतनिक वाणिज्यदूतले नेपाल सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्दै यो जिम्मेवारीलाई आफूले गम्भीर भएर रुपमा नेपालको हितमा लगाउने र जिम्मेवार भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नव नियुक्त अवैतनिक वाणिज्यदूत Mr. Voyer क्यानडाका सम्मानित व्यक्तित्व हुनुका साथै सर्वोच्च शिखर सगरमाथा लगायत सबै महादेशका अग्ला हिम शिखर आरोहण एवं अन्टार्कटिकाको समेत भ्रमण गर्नु भएको छ । पटक पटक नेपालको भ्रमण गरेका Mr. Voyer क्यानडा सरकारको उच्च सम्मानबाट पनि सम्मानित हुनुहुन्छ । साहसिक पर्यटनका क्षेत्रमा प्रशस्त कार्यरत Mr. Voyer को आफ्नै साहसिक अन्वेषण कम्पनी पनि रहेका छ ।

प्रतिक्रिया