टेम्पो दुर्घटनामा आधा दर्जन घाइते
इनेप्लिज
२०७१ फागुन ३ गते ११:१५ मा प्रकाशित
सप्तरी, ३ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशहा सडकखण्डमा टेम्पो अनियन्त्रित भई आज पल्टिँदा आधा दर्जन यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ह ११८ नम्बरको टेम्पो आफैं अनियन्त्रित भई पल्टिँदा टेम्पोमा सवार आधा दर्जन घाइते भएका छन् भने दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा जिल्लाको कुशहा–६ का ५० वर्षीय सिविया यादव र मल्हनमा–६ का ३५ वर्षीय डोमिनी पासवान रहेको बताइएको छ । घाइते सबैजनाको सप्तऋषि नर्सिङ होम, लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सो टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया