पुस्तकमा स्टिकर टाँस्नेलाई कारबाही

इनेप्लिज २०७१ फागुन ३ गते ४:२९ मा प्रकाशित

bookभक्तपुर, ३ फागुन । पाठ्यपुस्तकको मूल्यसूचीमा स्टिकर टाँसेर बिक्री गर्ने पुस्तक पसल एवम् प्रकाशनगृहलाई जिल्ला शिक्षा कार्यालय भक्तपुरले कारबाही गर्ने भएको छ ।

पाठ्यपुस्तक वितरण व्यवस्थापन जिल्ला अनुगमन समितिको बैठकले आगामी शैक्षिक सत्रका लागि बिक्री गरिने कुनै पनि पुस्तकको मूल्य पाठ्यपुस्तक बिक्री–वितरणसम्बन्धी निर्णय गर्दै निर्देशनसमेत दिएको छ । कार्यालयले आगामी शैक्षिकसत्रमा बजार अनुगमनका क्रममा पाठ्यपुस्तकको मूल्यमा स्टिकर टाँसेको पाइएमा कारबाही गर्ने जिशिअ रमाकान्त शर्माले बताउनुभयो ।

त्यसैगरी कार्यालयले जिल्लामा चैत मसान्तभित्र नयाँ पाठ्यपुस्तक वितरण गरिसक्ने व्यवस्था मिलाउने भएको छ । शैक्षिक सत्र २०७२ सुरु हुनअगाडि नै सबै कक्षाका पूरै थान पाठ्यपुस्तक समयमा सहज रुपमा विद्यार्थीको हातहातमा पु¥याइने जिशिअ शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया