शुक्रबार, कार्तिक ७ २०७७
काठमाडौं ०५:०५
वासिङटन डिसी 19:20

पैँतालीस केजी गाँजासहित पक्राउ

इनेप्लिज २०७१ फागुन ३ गते ३:३० मा प्रकाशित

Nawalparasi_district_locationकावासोती, ३ फागुन । नवलपरासीको दुम्किबासबाट प्रहरीले गाँजासहित तीन जनालाई शनिबार पक्राउ गरेको छ ।

दुम्किबासबाट बर्दघाटतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले करिब ४५ किलो परिमाणमा दुई बोरा गाँजासहित नवलपरासी दाउन्नेदेवी–६ निवासी ४२ वर्षीय धनबहादुर तामाङ तथा अर्खला–५ का १९ वर्षीय अनन्त सिंजापति र २० वर्षीय दुर्गाबहादुर पुलामीलाई पक्राउ गरी लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बढुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया