तीस प्रतिशत शौचालयविहीन

इनेप्लिज २०७१ फागुन ३ गते ३:१८ मा प्रकाशित

cartoon-toilet-1बेलौरी (कञ्चनपुर), ३ फागुन । गरिब, अशिक्षा, जनचेतनाको अभावका कारण यहाँका तीस प्रतिशत नागरिकले शौचालय प्रयोग नगरेको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको तथ्याङ्कमा ७० प्रतिशत नागरिकले मात्रै शौचालय प्रयोग गर्दै आएका छन् । जिल्लाभरि त्रियासी हजार ३३० घरधुरी मध्ये यही माघसम्ममा उनन्पचास हजार ८५५ घरधुरीमा शौचालय निर्माण गरिएका छन् ।

सदरमुकाम क्षेत्रमा खानेपानीको व्यवस्था र दक्षिणी क्षेत्रमा भूमिगत ट्युबेलको माध्यमबाट खानेपानीको व्यवस्था छ । दक्षिणी क्षेत्रमा आर्सनिकयुक्त पानीको समस्या भएको डिभिजन कार्यालय कञ्चनपुरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिनुभयो । लिम्बूका अनुसार जिल्लामा विगतको भन्दा धेरैले शौचालय बनाएका छन् । शौचालय बनाउन बाँकी रहेका परिवारलाई पनि शौचालय निर्माणका लागि अग्रसर गराइने छ । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०१५ भित्रै कञ्चनपुरलाई खुलामुक्त घोषणा गर्ने रणनीतिअनुसार शौचालय बनाउन बाँकी रहेकाको घरमा शौचालय बनाइने छ । “अति विपन्न परिवारका लागि शौचालय निर्माणमा केही अनुदान दिएरै भए पनि शौचालन निर्माण गर्छौं”– लिम्बूले भन्नुभयो ।

निःशुल्क रेबिज खोप
रेबिज रोग फैलिन नदिन यहाँका घरपालुवा कुकुरलाई एन्टी रेबिज खोप लगाइएको छ । पशु स्वास्थ्य सेवाका क्षेत्रमा कार्यरत नेपाल पारा भेटेरिनरी एन्ड लाइभस्टक एसोेसिएसन (नेभला)को आयोजनामा कृष्णपुर गाविसका कुकुरलाई निःशुल्क एन्टी रेबिज खोप लगाइएको हो ।

नेभलाको २५औँ वार्षिकोत्सवको अवसर पारी शनिबार कृष्णपुर–१ पहरियाका १०१ परिवारका १०७ कुकुरलाई खोप दिइएको नेभला कञ्चनपुरका अध्यक्ष रामप्रसाद भट्टले जानकारी दिनुभयो । खोप कार्यक्रममा पराभेटका पूर्वकेन्द्रीय सल्लाहकार शङ्करदत्त जोशीले रेबिज खोप बारेमा कुकुरधनीलाई सचेतना गराउनुभयो ।

प्रतिक्रिया