शनिबार, कार्तिक १५ २०७७
काठमाडौं १९:१४
वासिङटन डिसी 09:29

हिन्दूराष्ट्र घोषणा हुँदा नेपाललाई फाइदा हुन्छ: पूर्वप्रधानमन्त्री चन्द

इनेप्लिज २०७१ फागुन २ गते १६:०० मा प्रकाशित

lokendra-bdr-chandaबेलौरी (कञ्चनपुर), २ फागुन । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले नेपाललाई हिन्दूराष्ट्र घोषणा गरे फाइदा हुने बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री चन्दले आज महेन्द्रनगरमा कार्यकर्ता भेटघाटका क्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘संसारमा हिन्दू धर्मको केन्द्रबिन्दु नेपाल बन्छ, यसबाट नेपालको पहिचान झन झल्किन्छ ।’ अन्तरिम संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आफूलाई थाहा नभएको भन्दै, राप्रपा सनातन हिन्दूराष्ट्रको पक्षमा रहेको स्पष्ट पार्नुभयो । ‘धर्म निरपेक्षतामा मेरो नोट अफ डिसेन्ट थियो’, उहाँले भन्नुभयो ‘नेपाल र नेपालीको पहिचानका लागिसमेत नयाँ संविधानमा हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ ।’

प्रतिक्रिया