प्रवासी नेपालीद्वारा मृगौला रोगी दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग
रत्ननगर २७ माघ
दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहनुभएका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग भएको छ । लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्यवाट मृगौला पिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो । आज बछौलीमा आयोजित कार्यक्रममा महासचिव लोप्चन र लायन्स क्लव अफ चितवन राइनो सिटीको अध्यक्ष राजाराम रेग्मीले सयुक्त रुपमा गिरीका भाई टिका गिरीलाई सो रमक हस्तान्तरण गर्नुभएको थियो । गिरीको उपचारको लागि १५ लाख रुपैया लाग्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भाई टिका गिरीले बताउनुभयो । यसैबीच लोप्चनले झुवानीमा रहेको दृष्टिविहीन विद्यार्थीहरुलाई पनि २१ हजार रुपैया सहयोग गरिएको छ । कार्यक्रम सम्पन्न गर्न स्थानीय स्तरमा लायन्स क्लव अफ चितवन राईनो सिटीले संयोजन गरेको थियो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
अमेरिकामा एकैदिनमा कोरोनाबाट ३२९२ को मृत्यु ,१ लाख ७० हजार संक्रमित
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
न्युयोर्ककी सभासद कोर्टेजलाई मार्ने धम्कि दिने तथा सदनमा आक्रमण गर्ने टेक्सस ड्यालसका व्यक्ति प्रकाउ
प्रतिक्रिया