हवाई प्रतिबन्ध हटाउन सहयोग गर्ने आश्वासन
काठमाडौँ, २७ माघ । अन्तर्राष्ट्रिय नागरिक उड्डयान सङ्गठन(आइकाओ)ले युरोपेलीले सङ्घले नेपालका वायु सेवा कम्पनीलाई युरोपको आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउने सम्बन्धमा आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।
क्यानाडाको मन्ट्रियलमा सम्पन्न दोस्रो उच्चस्तरीय उडान सुरक्षा सम्मेलनमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्चाधिकारीसमक्ष आइकाओका अध्यक्ष तथा महासचिवले सुरक्षा कोषबाट समेत सहयोग उपलब्ध गराइने वचन दिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको नेतृत्वमा उक्त सम्मेलनमा भाग लिने क्रममा नेपाली नीति निर्माता, नियमन निकाय र सेवा प्रदायकको संयुक्त प्रतिनिधिमण्डलले नागरिक उड्डयन सुरक्षाका विषयमा नेपाल गम्भीर रहेको आइकाओलाई प्रस्ट पारेको थियो ।
सम्मेलनले अन्तर्राष्ट्रिय रुपमा उडान सुरक्षालाई थप मजबुत गर्न विभिन्न प्रतिबद्धता जाहेर गरेको छ भने आइकाओले सम्मेलनलाई अत्यन्त सफल सम्मेलनका रुपमा लिएको छ ।
सम्मेलनमा भाग लिई फर्कनुभएका हवाई सुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले सम्मेलन नेपालका लागि उपलब्धिपूर्ण रहेको र यसले नेपाली उड्डयन क्षेत्रमा महत्वपूर्ण सहयोग पुग्ने आधार तयार गरेको जिकिर गर्नुभयो । सम्मेलनमा नेपाललगायत विश्वका ११९ देश र ३५ भन्दा बढी सङ्घसंस्थाबाट सहभागिता थियो ।
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया