महिलाको शव फेला
इनेप्लिज
२०७१ माघ २७ गते १०:१० मा प्रकाशित
बनियानी (झापा), २७ माघ । भद्रपुरस्थित मेची नदीमा आज एक महिलाको शव फेला परेको छ ।
भद्रपुर–७ स्थित ३० वर्षीय रीतादेवी मण्डलको घर नजिकै रहेको मेची नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
मङ्गलबार बिहान बटुवाले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको हो । मृतकका श्रीमान् पञ्चकोरी मण्डलले दिएको जानकारीअनुसार शनिबारदेखि श्रीमतीको मानसिक अवस्थामा केही परिवर्तन आएको थियो । सोमबार मध्य रात उनी एक्कासि घरबाट बाहिरिएका थिए । मृतकका श्रीमान् शुक्रबारमात्रै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । मृतकका एक छोरा र एक छोरी छन् ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया