युनाइटेड नेवा: यू. एस. ए. ले पहिलो परिचयात्मक कार्यक्रम टेक्सासमा

इनेप्लिज २०७१ माघ २७ गते ८:०६ मा प्रकाशित

10965374_10205554345558819_910576910_n
टेक्सास, ०८ फेब्रुअरी, आईतबार । नेपाली सास्कृतिक तथा अध्यात्मिक केन्द्रको भवनमा आयोजित युनाइटेड नेवा: यू. एस. ए. ले पहिलो परिचयात्मक कार्यक्रमको आयोजना गरियो | डालस फोर्टवर्थ तथा यस सहर वरपर रहेका सम्पूर्ण नेपाल भाषी जनसमुदायलाइ केन्द्रित गरी खोलिएको यस सस्थाले नेपाल भाषाको प्रबर्धन तथा सस्कृतिको विकास नै यस सस्थाको मूल उद्देश्य रहेको छ | कार्यक्रम को सुरुवात धिमे बाजा बजाएर सुरु भएको थियो |

10967681_10205554345198810_1703651690_n

सो कार्यक्रमको सञ्चालन युनाइटेड नेवा: यू. एस. ए. का महासचिव भाजु स्वयम्भू शाक्यले गर्नु भएको थियो | कार्यक्रमको उद्घाटन डालस सहरका चीरपरिचीत समाजसेवी तथा चिकित्सक डा. भाजु संजिव श्रेष्ठ ले पानसमा दीप प्रज्वलितका साथ् सभापतिको आशन ग्रहण गरिएको थियो | सभामा अतिथिहरु वर्ल्ड नेवा ओर्गैज़शनका सस्थापक सदस्य भाजु सिजन श्रेष्ठ, नेवा पुरोहित भाजु बासव राजोपाध्याय तथा नेवा: भाषाका विज्ञ भाजु देवदास मानन्धर हुनुहुन्थ्यो | अतिथिहरुलाइ युनाइटेड नेवा: यू. एस. ए. का सल्लाहकार डा. भाजु संजिव श्रेष्ठले टेक्सासको टोपी (Cowboy Hat) तथा सम्मानपत्र द्वारा सम्मान गर्नु भएको थियो |

10988783_10205554345318813_224987979_o

सभामा सस्थाका सस्थापक तथा मिसा: पुच: का सदस्य मयजु रोजना बनेपालीले स्वागत भाषण गर्नु भएको थियो | सस्थापक सदस्य भाजु मकर बज्राचार्यद्वारा डालस स्थित विभिन्न सस्थाबाट पाल्नु भएका महानुभावहरुको परिचय का साथै युनाइटेड नेवा: यू. एस. ए. का नयाँ कार्यकारिणी पदाधिकारी तथा मिसा: पुच: सहभागी हरुको पनि परिचय दिनु भएको थियो. यस्तै सस्थाका अध्यछ्य भाजु प्रमेश श्रेष्ठ द्वारा अतिथिहरु को परिचय तथा युनाइटेड नेवा: यू. एस. ए. को भावी कार्यकतिलिका पेस गर्नुका साथै अब भविष्यमा स्थानीय सस्थाहरु सँग हातेमालो गर्दै नेपाल र नेपालीको उन्नतिको लागि आफ्नो सस्थाको हरेक पल सहायोग रहने प्रस्ट्याउनु भयो | यसका साथै नेवा: समाजमा हुने इही, कैता पूजा, गुफा तथा अन्य पर्बहरुको लागि सस्थामा छलफल गरी आउदो वर्षमा झन् बृहत् कार्यक्रमहरू प्रस्तुत गर्ने विश्वास दिलाउनु भयो |

कार्यक्रमको अन्तमा नेपाली सास्कृतिक तथा अध्यात्मिक केन्द्रको तर्फबाट डा.मुरली अधिकारी, नेपाली समाज टेक्सासका अध्यक्ष ,तथा विभिन्न सस्थाबाट पाल्नु भएका पदाधिकारीहरुले युनाइटेड नेवा: यू. एस. ए. को प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको थियो | कार्यक्रममा सबै पाहुना तथा सहयोगीहरुलाइ सस्थाका सस्थापक सदस्य भाजु महेन्द्र मानन्धरले धन्यवाद ज्ञापन गर्नु भएको थियो | कार्यक्रममा १५० जना को सहभागिता रहेको र अन्तमा सम्यबजी को समेत व्यवस्था गरिएको थियो |

प्रतिक्रिया