एनआरएन युएसए बोर्ड आफ डाइरेक्टरको पदका उम्मेदवार -शुशिल रेग्मीका प्रतिबद्धताहरु

इनेप्लिज २०७१ माघ २६ गते २१:२३ मा प्रकाशित

sushil

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरू,

म, शुसिल रेग्मी, मेरिल्याडको गेथेसबर्ग क्षेत्रमा बिगत १० बर्ष देखि बसोबास गर्दै आइरहेको छु । मेरो जन्म नेपालको बिराटनगर ४ , रेग्मी टोलमा भएको हो भने अमेरिका अउनु अघि भक्तपुरको गठ्ठाघर, नमूना बस्तीमा बसोबास गर्दैअएको थिएँ। म सानै हुँदाखेरी देखि नै सामाजिक क्रियाकलाप रूची राख्ने गर्दथें र सोही अनुसार बिभिन्न समाजिक क्षेत्रमा संलग्न हुँदै आइरहेको थिंए । अमेरिका आए पश्चात पनि यहाँ रहेका बिभिन्न सामाजिक संस्थाहरूः अमेरिका नेपाल सोसाइटी, धरान अमेरिका समाज जस्ता संस्थाहरूमा आबद्ध भइ नेपाली तथा नेपाली समाजको हर तवरले सहयोग गरेको अनुभूतिले मेरो मन हर्षले प्रफुल्लित भएको पाँउदछु । यसरी सेवा गर्दा आज सम्म मैले जात, धर्म, बिचार आदिका आधारमा कुनै भेदभाव नगरी तथा कुनै पनि पार्टीमा आबद्ध नभइ नेपाली समुदायको मात्र हित चिताइ सेवा गर्दै आइरहेको, र भविश्यमा समेत म यहि कुरालाइ निरन्तरता दिने प्रण गर्दछु । मेरो यहि समाजिक सेवा प्रति लगावबाट अभिप्रेरित भइ यहि इ.सं. २०१५ अप्रिल / मे मा हुन गइरहेको NRN AMERICA को निर्वाचनमा मेरील्याण्ड राज्यका तर्फबाट बोर्ड आफ डाइरेक्टरको पदमा अफ्नो उम्मेदवारीको घोषणा गरेको छु । यसै निर्वाचनलाइ मध्यनजर राख्दै मैले आफ्नो घोषणापत्र निम्नानुसार तयार गरेको छु, र यहाँहरूको अमूल्य मत पाइ सो पदमा भारी भतले बिजयी हुने अशा लिएको छु ।

मेरा कार्यक्रमहरूः

नेपालीले सदाका लागि नेपाली पहिचान कायम राख्न पाउँनु पर्दछ ।कुनै पनि बच्चाको जन्म पश्चात उसलाइ आमाको जति जरूरी हुन्छ त्यती नै नेपालीलाइ आफ्नो मातृभूमी प्रति मायाँ तथा स्नेह हुन्छ चाहे त्यो बच्चा विश्वको कुनै पनि कुनामा रहेको (जन्मे हुर्केको) होस । यसर्थ पहिलो पहिचान भनेकै नेपाली भन्ने शब्द नभइ नहुने कुरा हो, र यसका लागि नेपालको संबिधानमा सोही अनुसार ब्यवस्था हुनुपर्ने हुन्छ । अहिले नेपालमा संबिधान लेखनको कार्य जारी रहेकोले सो का लागि समयमै नेपाल सरकार समक्ष जोडदार कुरा उठान गरी कार्यान्वयनका लागि हदै सम्मको पहल गर्ने छु । विश्वका धेरै देशहरू जो अति बिकशित राष्ट्रहरू जस्तैः अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत लगायत हाम्रै छिमेकी देशहरू क्रमसः पाकिस्तान, बंगलादेश तथा श्रीलंकाले समेतले दोहोरो नागरिकताको ब्यवस्था गरेको परिप्रेक्षमा नेपालले समेत यस्तो ब्यवस्था गर्दा नेपाल र नेपालीको नै हितमा हुने मेरो विश्वास छ ।

नेपालीले नेपाली भइ नेपालमा भएको आफुले तथा पिता पुर्खाबाट आजर्न गरेको संपत्ति भोग चलन गर्न पाउनु पर्दछ, जुन कुरा नेपालमा दोहोरो नागरिकता प्राप्त गर्ने अधिकार प्राप्त भएमा स्वतः हुन जाने ।
ASYLUM गरेका परिवार तथा बच्चाहरूलाइ नेपाली राहदानीबाट बञ्चित गर्नु हुँदैन ।

ASYLUM हुनु भनेको देशको राजनैतिक अवस्था बिग्रिएका कारण आफु त्यहाँ बस्न नसकि आफ्नो ज्यान जोगाउनका खातिर आफु जन्मे हुर्केको देस तथा सम्पत्ति त्यागेर अर्काको देशमा शरण लिन पुग्नु र उस्का सन्ततीहरू आमा बाबुसँग बिछोड नहुनको लागि साथै उच्च शिक्षा हाँसिल गर्नको लागि बाहिरी देशमा जान बाध्य भएको हुन्छ । उ साँच्चै नै त्यस पलायन भएको देशको नागरीक हुँदैन । उ सच्चा आफ्नै मातृभूमीको नागरिक हुन्छ र त्यस्ता मातृभूमी प्रति मायाँ र स्नेह राख्ने ब्यक्तिलाइ हाम्रो देशका केही अधिकार प्राप्त अधिकारीहरूले के को आधारमा त्यस्ता ब्यक्तिलाइ नेपाली राहदानी लिनबाट बञ्चित गराएको हो ? म यस कुराको घोर निन्दा गर्दछु र साथै नेपाल सरकारलाइ अपिल पनि गर्दछु कि नेपाल सरकारले कुनै पनि नेपालीलाइ नेपाली हुनबाट बञ्चित गराउने कुनै पनि कुरालाइ अधि नबढाइयोस । ज्ञातब्य छ कि नेपालको संबिधानले नै कुनै पनि नेपालीलाइ नेपाली हुनबाट बञ्चित गराइने छैन भनिएको छ । बाबु आमा परिस्थिती जन्यकारणबाट बिदेसिनु एउटा कुरा होला तर त्यसको मार छोराछोरीलाइ पर्नु अन्याय हुन जान्छ र यस्तो अन्यायबाट रोक्न मेरो सक्दो प्रयास हुने छ ।

संयुक्त राज्य अमेरीकाबाट हाइस्कुल पास गरेका (१० जोड २ ) नेपाली मूलका विद्यार्थीहरूका लागि नेपालमा पढ्ने ब्यवस्था गर्न पहल गर्नेः

नेपाली मूलका अमेरीक तथा यहाँ बसोबास गरिरहेका नेपाली विद्ध्यर्थीहरूलाइ नेपालमा डाक्टर पढ्नको लागि कम भन्दा कम शुल्कमा डाक्टर, इञ्जिनियर लगायतका प्राबिधिक शिक्षा आजर्न गर्ने व्यवस्थाका लागि पहल गर्ने छु । यसो हुन गएमा नेपाली वा नेपाली मूलका अमेरीकी नागरिकले आफ्नो मातृभूमीको भाषा, संस्कृति, धर्म तथा संस्कार एवं परम्परा सँग साक्षात्कार हुन गइ शिक्षा का साथै नेपाली संस्कृतिको जगेर्ना हुन जाने । यसबाट नेपाललाइ सरकारलाइ समेत कालान्तरमा ठूलो लाभ मिल्ने देखिन्छ ।नेपाली विद्यार्थीको सोसियल सेक्युरिटीमा रहेको रकम फिर्ता गर्न US सरकार सँग पहल गर्ने छु ।

नेपालबाट अमेरीकामा बिद्ध्या आर्जन गर्न आएका नेपालीहरूको सोसियल सेक्युरिटिमाआआआरहेको रकम हाल सम्म पनि फ्रिज भइरहेकोले सो रकम सम्बन्धित ब्यक्तिहरूलाइ फिर्ता गराउन अमेरिकी सरकारको संबन्धित निकाय सँग अनुरोध तथा कार्यान्वयनको लागि हदैसम्मको पहल गर्ने छु ।NRNपरिचयपत्र तथा पासपोर्ट दस्तुर घटाउन पहल गर्नेः हाल नेपाल सरकारले दस बर्षको लागि लिइरहेको NRN परिचयपत्र दस्तूर ५०० अमेरीकी डलरबाट २५० डलर बनाउन तथा नेपाली राहदानी दस्तुर १५० अमेरिकी डलरबाट घटाइ १०० अमेरिकी डलर बनाउन पहल गर्ने । किन भने प्रायस नेपाली पाँचबर्षमा एक पल्ट नेपाल जाने गरेको पाइएकोले अधिकांश नेपालीहरूका लागि सो रकम उचीत नभएकोले नेपाल सरकारको संबन्धित निकायसँग समन्वय तथा पहल गर्ने छु ।

नेपालबाट सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको अमेरिकामा औपचारिक तथा अनौपचारिक भ्रमणका बखत अमेरिकी सरकारबाट उहाँहरूको कुटनैतिक मर्यादा कायम गर्न अमेरिकी सरकारका निकाय सँग पहल गर्ने छु । नेपाली मूलका अमेरीकी नागरिकका माता तथा पिता अमेरिकी ग्रिनकार्ड बढी भन्दा बढी समय सम्म होल्ड गर्ने ब्यवस्था गर्नेः नेपाली मूलका अमेरिकी नागरिकका माता पिता अमेरिका ग्रिनकार्ड बाहक भएको अवस्थामा उनीहरू एक बर्षभन्दा बढी अमेरीकामा नरहेको अवस्थामा सो ग्रिनकार्ड खारेज हुन सक्ने अहिलेको ब्यवस्थालाइ बढाइ बढिमा ३ बर्ष लगातार अमेरीका नरहेको अवस्थामा मात्र सो नियम लागु हुने ब्यवस्थाका लागि अमेरिकी कंग्रेसमा पहल गर्ने छु ।

अमेरीकी हाइस्कुल पढ्दैगरेका विद्ध्यार्थीहरूलाइ नेपालमा सांस्कृतिक आदान प्रदान गर्ने कार्यक्रम लागु गर्न पहल गर्नेः अमेरीकी हाइस्कुल पढ्दैगरेका विद्ध्यार्थीहरूलाइ नेपालमा सांस्कृतिक आदान प्रदान गर्ने कार्यक्रम लागु गर्न प्रत्येक बर्ष १० जनालाइ scholarship प्रदान गर्ने ब्यवस्था गर्न पहल गर्ने र यसकोलागि दुबै देशका सरकारसँग समन्वय गरी खर्चको चाँजो पाँजो मिलाउन पहल गर्ने । यस कार्यक्रमले ति विद्ध्यार्थीहरूलाइ नेपाल सम्बन्धि जानकारी गराउनुको साथै भविष्यमा उनिहरूले नेपालको आर्थिक तथा सामाजिक बिकासमा ठूलो योगदान मिल्न सक्ने ।

महिनाको १ डलर नेपालीकै लागि भन्ने कार्यक्रम अधि बढाउनेः अमेरिकामा लगभग ३ लाख नेपालीहरू रहेको अनुमान छ, र यि नेपालीहरूबाट महिनाको प्रतिब्यक्ति १ डलर मात्रै उठाँउदा पनि बार्षिक २० लाख डलर भन्दा बढी रकम उठ्ने देखिन्छ । हाल NRN AMERICA मा हुने खाने (Elite) बर्गको हालिमुहाली रहेको भन्ने गुनासो रहेको पाइनु र यसो हुनुको कारण सँस्थासँग पर्याप्त रकम नहुनु नै भएको परिप्रेक्षमा यदि यस्तो रकमको ब्यवस्था हुने हो भने योग्य जो सुकैले पनि खर्च अभावको कारणले सँस्थामा नेतृत्व गर्न नसक्ने अवस्थाको अन्त्य भइ NRN सबै कारणले सबैको साझा हुन जाने साथै, नेपाली मूलका कुनै पनि ब्यक्तिको दुर्धटना तथा अन्य कारणले अशक्तता हुन गइ तत्काल खर्च गर्न नै समस्या परेकाहरूको लागि सहयोग गर्ने र नेपालमा आइपर्ने आकश्मिक दैबी प्रकोप पिडितहरूलाइ यस कोषबाट तत्काल राहत उपलब्ध गराउन सकिने छ । यस ब्यवस्थाले NRN अझै सशक्त हुन जाने ।

नेपाली मूलका केटाकेटीहरू लाइ नेपाली भाषा तथा संस्कृतिको जानकारी तथा शिक्षाकालागि ठाँउ ठाँउमा कक्षाहरू सञ्चालन गर्ने ।

अमेरिकामा रहेका NRN हरूको लगानीमा नेपालमा NRN-USA बैंक खोल्न ब्यवस्था गर्ने । यस बैंकको नाफाको केही अंशबाट बिभिन्न सामाजिक कार्यहरू संचालन गर्ने ब्यवस्था गर्ने ।अमेरिकामा रहेका युवा समुदायलाइ अमेरिकी राजनीतिमा समाहित गर्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउने । यसका लागि अमेरिकी राजनीतिज्ञहरूबाट प्रशिक्षणको ब्यवस्था मिलाउने । हाल NRN USA का साधारण सदस्यहरू १२ हजार भएका तथा यो संख्या विश्वमै NRN हरू मध्ये सबै भन्दा बढी सदस्यहरू भएको संस्था भएको छ र अगामी दिनमा ३० हजार भन्दा बढी पुर्याउन म हर तरहले लागि पर्ने अनुरोघ गर्न चाहन्छु ।

जय नेपाली, जय NRN-USA ।

प्रतिक्रिया