बल्टिमोरमा मेसिन रिडेबल पासपोर्ट (MRP) सम्बन्धी कार्यशाला गोष्ठी

इनेप्लिज २०७१ माघ २६ गते ११:४१ मा प्रकाशित

अमेरिका नेपाल सोसाइटी डिसी, वासिङ्टन डिसी मेट्रो क्षेत्रमा सामाजिक सेवामा कार्यरत संस्थाहरू मध्ये एक अग्रणी संस्था हो । यसले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि सामाजिक सेवाका थुप्रै कार्यक्रमहरू गर्दैछ ।

यसै सिलशिलामा अमेरिका नेपाल सोसाइटीको आग्रहमा नेपाली राजदुताबास वासिङ्टन डिसी र अमेरिका नेपाल सोसाइटीले संयुक्तरुपमा मेसिन रिडेबल पासपोर्ट सम्बन्धी कार्यशाला गोष्ठी ( Workshop seminar ) भर्जिनिया को अर्लिङ्टन लाइब्रेरीको सभाकक्षमा जनवरी १०, २०१५ सम्पन्न गरिसकेको छ ।

मेसिन रिडेबल पासपोर्ट बनाउनुपर्ने अन्तिम मिति नोवेम्बर २४, २०१५ भए पनि अन्य कुनै देशको भिसालिन राहदानी प्रयोगगर्दा कम्तीमा पनि राहदानीको बाँकी अबधी ६ महिनाको हुनुपर्नेहुदा वास्तवमा राहदानी प्रयोगमा ल्याउनको लागी मे २४, २०१५ सम्म बनाइसक्नुपर्ने हुन्छ ।

राहदानी बनाउने प्रक्रियामा संलग्नहुने अधिकारीकै सहभागितामा कार्यशाला गोष्ठीमा प्रशिक्षणहुनेहुँदा तत्सम्बन्धी यदाकदा सुनिने अन्यौल पनि हट्ने तथा समयसीमा भित्रै राहदानी बनाइ अनाबश्यक झन्झटबाट मुक्तहुन यहाँहरूलाई पनि सहजहुने हामीले आशा गरेका छौ सो कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको तथा सेवाग्राहीलाई स्थानियस्तरमै सेवा उपलब्ध गराउने अभिप्रायले पुन:मेरिल्यान्ड राज्यको बाल्टिमोरे शहरमा तपशिलको मिती, समय र स्थानमा अमेरिका नेपाल सोसाइटीको आग्रहमा नेपाली राजदुताबास वासिङ्टन डिसी र अमेरिका नेपाल सोसाइटीले संयुक्तरुपमा मेसिन रिडेबल पासपोर्ट सम्बन्धी कार्यशाला गोष्ठी ( Workshop seminar ) आयोजना गर्दैछौ ।

मेसिन रिडेबल पासपोर्ट सम्बन्धी कार्यशाला गोष्ठी ( Workshop seminar ) मा राहदानीका लागि निबेदन दिन चाहने महानुभाबहरुले नेपाली राजदुताबास वासिङ्टन डिसी तथा हिमालय खबर पत्रीकाको तल को लिन्कमा उल्लेख भए अनुसारको पास्पोर्ट साइजको ३ प्रती फोटो, हस्त लिखित राहदानी र यस्को २ प्रती फोटोकोपी, नेपाली नागरिकता र यस्को २ प्रती फोटोकोपी ( अगाडि पछाडि एउटै पेजमा पर्नेगरी) र नेपाली राजदुताबास अमेरिकाको नाम मा १५० डलरको एसी पेयी चेक सहित उपस्थितहुन अनुरोध छ ।
निबेदनको उपयुक्त साइजको फारम दुताबासका अधिकारी द्वारा उपलब्ध गराइने ब्यबस्था छ।
http://www.nepalembassyusa.org/passport.php

यो कार्यक्रमलाई प्रभाबकारी बनाउन ANS का सम्पुर्ण अजिवन तथा साधारण सदस्यहरू, आदरणिय भुतपूर्ब तथा बर्तमान पदाधिकारीहरु, नेपाली समुदायकाबीचमा सेवारत अन्य संघ संस्थाका पदाधिकारीज्युहरु लगायत सम्पूर्ण

नेपाली अग्रज, आमाबुवा, दाजुभाई तथा दिदीबहीनीहरुलाई सहभागिताकालागी हार्दिक आमन्त्रण साथै अनुरोध |
तपशिल
———
समय : २ देखी ४ बजे दिउसो
मिती : फेब्रुवरी २१, २०१५
स्थान :लुम्बिनी रेस्टुरेन्ट
३२२ नर्थ चार्ल्स इस्ट्रिट
बल्टिमोर, मेरिल्यान्ड, २१२०१
आयोजक:
———–
अमेरिका नेपाल सोसाइटी डिसी
तथा
नेपाली राजदुताबास, वासिङ्टन डि सी
जिबन तिवारी -(७०३)५०७-२३६७ , चन्द्र प्रकाश बराल -(७०३)९०१-६१६६ , सुशिल चन्द -(७०३)५७७-८५३६ प्रेम प्रसाद पौडेल -(५७१)२७७-५११५ , राम भक्त अधिकारी -(४४३)५७१-८५९१ , सुजित अर्याल -(७०३)६७२-१६४६ यशोदा भण्डारी -(५७१)२७७-०२५६

लेखनाथ गौतम  (202) 667-4550 [ अधिक्रित -राजदुताबास वासिङ्टन डिसी ]

प्रतिक्रिया