विश्वासको वातावरण टुटेको छ: अध्यक्ष यादव
इनेप्लिज
२०७१ माघ २५ गते ९:१० मा प्रकाशित
विराटनगर, २५ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकतम सहमतिमा सबैले मान्न सक्ने गरी संविधान निर्माण हुनुपर्ने धारणा राख्नु भएको छ ।
यहाँ आफ्नो निवासमा आज पत्रकारसँग भेटघाटका क्रममा उहाँले विगतका सहमति नमान्ने र अब पनि सहमतिमा नचल्ने सत्तापक्षको प्रवृतिले विश्वासको वातावरण टुटेको धारणा राख्नु भयो ।
अध्यक्ष यादवले विगतमा मधेसी मोर्चा, एकीकृत नेकपा (माओवादी) र आदिवासी जनजातिलगायतसँग गरिएका सम्झौतालाई नयाँ संविधानमा राख्ने र सहमतिमै संविधान बनाउने सत्तापक्षले प्रतिबद्धता प्रकट गरेको अवस्थामा मात्र वार्ताको वातावरण बन्नसक्ने विचार प्रकट गर्नुभयो ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया