बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २१:३६
वासिङटन डिसी 11:51

सहमतिमा संविधान जारी हुने सम्भावना छ: गच्छदार

इनेप्लिज २०७१ माघ २४ गते १६:०५ मा प्रकाशित

INDIA-NEPAL-DIPLOMACYविराटनगर, २४ माघ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आफूले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि पहल गरिने बताउनुभएको छ ।

पार्टीका अगुवा कार्यकर्तालाई दिइएको प्रशिक्षणलाई आज सम्बोधन गर्दै उहाँले सत्ता पक्षसँग दुई तिहाइभन्दा बढी मत रहेकाले यसको दुरुपयोग गरेर प्रतिपक्षलाई आन्दोलनमा जानका लागि बाध्य नपार्न सत्तापक्षलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–प्रमुख राजनीतिक दलबीच सहमति हुने र सहमतिको संविधान जारी गर्न सकिने अवस्था अहिले पनि विद्यमान छ ।

प्रतिक्रिया