गलत व्यक्तिका कारण सहकारी सुधारमा समस्याः अर्थविद् डा नेपाल
काठमाण्डौं, २३ माघ । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार तथा अर्थविद् डा चिरञ्जीवी नेपालले गलत काम गर्ने व्यक्तिहरु प्रभावशाली भएकाले सहकारीमा सुधार गर्न कठीनाइ भएको बताउनुभएको छ ।
सङ्कटा बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारीमा गतिलो नीतिनियम नभएकाले बदमासी गर्नेलाई कारबाही गर्न नसकिएको धारणा राख्नुभयो ।
प्रधानमन्त्री कार्यालयबाट ऋण असुली निर्देशिका लागू गर्नका लागि स्वीकृत भएर आए पनि प्रभावशाली व्यक्तिको चलखेलका कारण रोकिन गएको सल्लाहकार डा नेपालको भनाइ थियोे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले उत्पादन क्षेत्रमा काम गर्न चाहने सहकारीलाई बाटो खुल्ला गर्न नीति मै व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्कटा बचत तथा ऋण सहकारी संस्थाको सो साधारणसभाले सर्वसम्मतिमा उत्तमबहादुर सिंहको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया