विकासमा सहयोग पुग्ने समाचारलाई उपयुक्त स्थान दिनुपर्छ: मन्त्री खड्का
ललितपुर, २३ माघ । राजनीतिक समाचारलाई भन्दा विकासमा सहयोग पुग्ने समाचारलाई सञ्चारमाध्यमले उपयुक्त स्थान दिनुपर्ने सहरी विकास मन्त्री नारायण खड्काले बताउनुभएको छ ।
आज यहाँ फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र र विकास पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको फोहोरमैला व्यवस्थापनमा सञ्चारकर्मीको भुमिका विषयक कार्यक्रममा मन्त्री खड्काले अहिले फोहोरमैला व्यवस्थापन गर्नु मुख्य चुनौती रहेको भन्दै यस्ता समाचारलाई स्थान दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले फोहोर व्यवस्थापन राम्रोसँग गर्नका लागि घरघरमा नै कुहिने र नकुहिने फोहोरलाई व्यवस्थापन गर्न सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रका अध्यक्ष डा सुमित्रा अमात्यले जैविक वस्तुको प्रयोग गर्नका लागि मानिसहरु अग्रसर रहनुपर्ने भन्दै अस्पतालबाट निस्केका हानिकारक र विद्युतीय फोहोरमैला व्यवस्थापन गर्नु अबको चुनौती रहेको उल्लेख गर्नु भयो ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
सेक्स गर्दैमा बिहे गर्नै पर्छ र ?
मेरिल्याण्डमा डिसीका १२ बर्षिय किशोरलाई गोली चलाई हत्या गरेको अभियोगमा पक्राउ
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
प्रतिक्रिया