प्रधानमन्त्री कोइरालासँग थाई राजदूतको बिदाइ भेट
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि थाइल्यान्डका राजदूत श्रीमती कान्थोङ उनाकुलले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभयो ।
भेटमा नेपाल थाइल्यान्डबीचको कूटनीतिक, आर्थिक र व्यापारिक सम्बन्धका साथै शान्ति र स्थायित्वका बारेमा कुराकानी भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले जननायक बिपी कोइरालाको सरकारको पालामा आरम्भ भएको दुई देशको कूटनीतिक सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो ।
उहाँले बुद्ध धर्माबलम्बीहरु अधिक रहेको थाइल्यान्ड र गौतमबुद्धको जन्मभूमि नेपाललाई बुद्ध दर्शनले समेत नजिक ल्याएको चर्चा गर्नु भयो । उहाँले गत वर्ष म्यानमारमा सम्पन्न बिमस्टेक बैठकले सदस्य मुुलुकहरुका बीचमा सडक, रेल र हवाई सम्पर्कका माध्यमबाट नागरिकको आवागमनलाई सहज पार्ने सम्बन्धमा भएको सहमतिको पनि स्मरण गर्नुभएको थियो ।
बिदाइ भेटका अवसरमा राजदूत श्रीमती उनाकुलले आफ्नो नेपाल बसाइ सुखद् रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपाल–थाइल्यान्ड संयुक्त समितिको मिटिङ हुनु, जनकपुरमा शवदाह स्थलको निर्माण, लुम्बिनी क्षेत्रका आँखा शिविर सञ्चालन र शैक्षिक संस्थाहरुका थाइल्यान्ड कर्नरको स्थापनाजस्ता कार्य भएको उल्लेख गर्नुभयो ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया