उद्योगको विकासबिना आर्थिक क्रान्ति सम्भव छैन: उद्योग मन्त्री बस्नेत
काठमाडौँ, २२ माघ । उद्योग मन्त्री महेश बस्नेतले आर्थिक, सामाजिक रुपान्तरण तथा उद्योगको विकासबिना अबको क्रान्ति सम्भव नभएको बताउनुभएको छ ।
उद्यमशीलता विकास तालिमको आज समापन गर्दै उहाँले भन्नुभयो, “ आर्थिक, सामाजिक रुपान्तरणबिना राजनीतिक क्रान्ति सम्भव छैन । वर्तमान समाजको क्रान्ति भनेको व्यापक रुपमा रोजगारी र उद्यमशीलता हो ।”
मन्त्री बस्नेतले नेपाली समाजमा औद्योगिक चेतनाको कमी रहेको उल्लेख गर्दै वर्तमान शिक्षा प्रणाली उद्योगी र उद्यमी उत्पादनभन्दा कारिन्दा उत्पादन गर्ने दिशातर्फ उन्मुख रहेको विचार व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री बस्नेतले संविधानसभामा दलबीच देखिएको विवाद जनताको चाहना र आवश्यकता विपरीत भएको टिप्पणी गर्दै जनचाहनालाई लत्याएर आन्दोलनमा जाने राजनीतिक शक्ति समयको बहावसँगै समाप्त हुने दाबी गर्नुभयो ।
साना किसान विकास बैंकका अध्यक्ष खेम पाठक, औद्योगिक व्यवस्थापन विकास प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईले यस्ता तालिमले उद्यमशीलता विकास र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।
प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वरमा गत १३ देखि २२ गतेसम्म चलेको तालिममा २२ जनाको सहभागिता थियो ।
सहभागीमध्ये सविता विडारी र शङ्कर सिलवालले व्यवसाय योजना तयार गरी कार्यथलोमा उद्यमशीलता विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया