नगरपालिकामा तालाबन्दी

इनेप्लिज २०७१ माघ २२ गते १४:२० मा प्रकाशित

Saptari_district_locationसप्तरी, २२ माघ । गोप्यरुपमा कर्मचारी नियुक्ति गरेको विरोधमा सप्तरीको शम्भुनाथ नगरपालिकामा स्थानीय बासिन्दाले आज तालाबन्दी गरेका छन् ।

सार्वजनिक सूचना प्रकाशन नगरी गोप्य तरिकाबाट सात जनालाई करारमा नियुक्ति गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । सो कार्यालयमा ओभरसियर, अमिन, पियन, कम्प्युटर अपरेटर, सवारी चालक गरी सात जनालाई करारमा नियुक्ति गरिएको छ ।

यता नगरपालिका कार्यकारी अधिकृत बालकृष्ण ढुङ्गानाले पुस मसान्तमा सम्पन्न नगरपरिषद्बाट करारमा नियुक्त गर्ने निर्णयअनुसार नै सो नियुक्ति गरिएको बताउनुभयो ।

स्थानीयलाई प्राथमिकता दिने प्रावधान रहेबमोजिम नै नगरपालिकाले सात जना स्थानीय व्यक्तिलाई नै नियुक्ति गरिएको उहाँले भन्नुभयो । यता कार्यालयमा तालाबन्दी भएपछि कामकाज प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया