युवती बेच्ने मुद्दाका प्रतिवादी १३ वर्षपछि पक्राउ
इनेप्लिज
२०७१ माघ २२ गते १२:१९ मा प्रकाशित
काठमाडौँ, २२ माघ । जीउ मास्ने–बेच्ने मुद्दाका फरार प्रतिवादी नजरमान लामालाई नेपाल प्रहरीले १३ वर्षपछि आज पक्राउ गरेको छ ।
गत २०५८ कात्तिक २१ गते दुई युवतीलाई फकाइफुल्याइ भारतको वेश्यालयमा बेच्ने उद्देश्यले दार्जिलिङ लगिरहेका अवस्थामा भारतीय प्रहरीले शङ्का गरी सोधपुछ गर्दा नजरमान घलेसमेतका प्रतिवादीहरु फरार भएका थिए भने युवतीहरुलाई भारतीय प्रहरीले माइती नेपाललाई बुझाएको थियो ।
पीडित युवतीको जाहेरीपछि प्रहरीले प्रतिवादी नजरमान लामासमेत भएको जीउ मास्ने बेच्ने मुद्दामा विशेष अदालतले पाँच वर्ष कैद हुने ठहर गरेको थियो ।
तिनै फरार लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आज सुन्दरीजल–६, बाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया