ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने रोग अधिक
इनेप्लिज
२०७१ माघ २२ गते १:५३ मा प्रकाशित
नेपालगन्ज, २२ माघ । बाँके जिल्लाका विकट गाविस क्षेत्रका अधिकांश महिलामा आङ (पाठेघर) खस्ने समस्या देखा परेको छ ।
जनस्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिलामध्ये अधिकांशमा सो समस्या देखा परेको हो ।
सो कार्यालयका अनुसार, पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइ महिला शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुग्ने गरेको पाइन्छ ।
विशेषतः जिल्लाको गनापुर, साईगाउँ, नौवस्ता, सोनपुर, टिटिहिरिया, महादेवपुरी, कम्दी, बेतहनी र रझेना गाविसका दलित, मधेसी र सीमान्तकृत समुदायका महिला सबैभन्दा बढी सो समस्याबाट पीडित रहेका छन् ।
कम उमेरमा विवाह गरेका, असुरक्षित रुपमा बच्चा जन्माएका, गर्भावस्थामा पोषिलो खानेकुरा नखाएका महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको बताइएको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया