दाङमा आधादर्जन अवैध गाडी प्रहरीको नियन्त्रणमा
तुलसीपुर (दाङ), २२ माघ । राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले बुधबार जिल्लाका विभिन्न ठाउँबाट अवैधरुपमा सञ्चालन हुँदै आएका आधादर्जन जिप नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका जिपलाई बुधबारनै पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक पनि गरेको छ । सार्वजनिक गरिएका गाडीमा ना१ज १२२३, रा१ज ११९, रा१ज ३६४, रा१ज २८५, रा१ज १६९, ना१ज १३४२ र एउटा नम्बर नभएको निलो रङ्गको जिप रहेका छन् ।
ती गाडी तुलसीपुरदेखि पश्चिममा पर्ने दोघरे भन्ने स्थानबाट नियन्त्रणमा लिएको जानकारी राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेयले दिनुभयो ।
ती गाडीको यातायात व्यवस्था कार्यालय राप्तीमा कुनै पनि अभिलेख नपाएको र ती सबै चोरीकै गाडी रहेको वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेयले जानकारी दिनुभयो ।
ती गाडी नियन्त्रणमा लिएपछि हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा आएका छैनन् भने गाडी चालक भने फरार रहेका छन् । ती सबै गाडी पश्चिम क्षेत्रका ग्रामीणस्तरमा सञ्चालन हुँदै आएका थिए ।
नियन्त्रणमा लिएका गाडीलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गत हप्ता पनि राप्ती अञ्चल प्रहरी कार्यालयले चार वटा पिकअप र १४ वटा चोरीका मोटरसाइकललाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाएको थियो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया