बाह्र किलो सुनसहित पक्राउ
इनेप्लिज
२०७१ माघ २१ गते १६:३३ मा प्रकाशित
काठमाडौँ, २१ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अवैध रुपमा ल्याइएको १२ किलो सुनसहित एक युवकलाई आज पक्राउ गरेको छ ।
कतार एयरवेजबाट संयुक्त अरब इमिरेटस्को दुबई हुँदै कतारको दोहाबाट आएका झापा गारामुनी–३ का बोधराज पौडेललाई उक्त परिमाणको सुनसहित भन्सार कार्यालयले पक्राउ गरेको हो ।
उक्त कार्यालयका अधिकृत योगेन्द्र ओझाका अनुसार अभियुक्तलाई महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ ।
बरामद गरिएको उक्त सुनको प्रचलित मूल्य करिब रु तीन करोड ८१ लाख रहेको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
मेरील्याण्डका गभर्नर ल्यारी होगनद्वारा मेरिल्याण्डमा आपतकालीन अवस्थाको घोषणा
एफबिआईद्वारा सदनमा भएको दंगाका १ लाख ४० हजार तस्बिर/भिडियो संकलन,२७५ वटा फौजदारी अनुसन्धान सुरु
अमेरिकामा एकैदिनमा २ लाख ९ हजार सक्रमित,३ हजार २ सयको मृत्यु
प्रतिक्रिया