बस्नेतको राजीनापछि युवा सङ्घ अध्यक्षमा पाल
काठमाडौँ, २१ माघ । युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले राजीनामा दिएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्ष चयन गरिएको छ ।
सङ्घको इतिहासमै पहिलो पटक महिलाले अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । विसं. २०४७ मा स्थापित सङ्घले यस अघि आठ अध्यक्ष पाइसकेको छ ।
यसअघि कार्यबाहकको जिम्मेवारी दिइएकामा आज सङ्घको कार्यालयमा बसेको पदाधिकारी बैठकमा बस्नेतले राजीनामा दिएपछि पाललाई अध्यक्षको जिम्मेवारीसहित पद हस्तान्तरण गरिएको हो । उद्योगमन्त्री हुनुभएपछि बस्नेतले जिम्मेवारी हस्तान्तरण गर्नुभएको सङ्घका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।
बैठकमा ४० वर्ष उमेर पुगेका कारण र भूगोलको राजनीतिमा लाग्न भन्दै उपाध्यक्ष झपट रावलले दिनुभएको राजीनामा पनि स्वीकृत गरेको छ ।
बैठकले रिक्त दुई उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष गोविन्द थापा र पूर्व सचिव सरोज दिलु विश्वकर्मालाई मनोनयन गरेको छ । नयाँ कोषाध्यक्षमा कार्यालय विभाग प्रमुख माधव बास्तोलालाई चयन गरिएको छ भने कार्यालय विभाग प्रमुखमा प्रचार प्रमुख कटुवाललाई नै जिम्मेवारी तोकिएको छ । रिक्त सचिवमा अनेरास्ववियुका पूर्व सचिव वचनबहादुर सिंहलाई मनोनयन गरिएको छ ।
प्रचार विभाग प्रमुख कटुवालले सङ्घको अब बस्ने स्थायी कमिटीको बैठकले युवा परिषद्को बैठक डाक्ने र सो परिषद्ले नवौं महाधिवेशन तोक्ने तयारी गरेको जानकारी दिनुभयो ।
पाललाई अध्यक्ष बनाउनेलगायतका निर्णयमा उपाध्यक्ष दिलु पन्तले भने फरक मत लेखी विरोध गर्नुभएको थियो ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया