चौथो नेपाली जुत्ता मेला आजदेखि सुरु
इनेप्लिज
२०७१ माघ २१ गते १५:०१ मा प्रकाशित
काठमाडौँ, २१ माघ । स्वदेशी जुत्ताको चौथो मेला आजदेखि सुरु भएको छ ।
नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा सुरु भएको उक्त मेलाको उद्घाटन नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले उद्घाटन गर्नुभएको हो ।
छाला जुत्ता तथा वस्तु उत्पादक सङ्घ नेपालका अध्यक्ष होमनाथ उपाध्यायका अनुसार नेपाली कच्चा पदार्थलाई उपयोग गर्दै बनाइएका नेपाली जुत्ताले मुलुकको ६५ प्रतिशत बजार लिन सकेका छन् ।
उक्त मेलामा शिखर सुज, डियर हिल, स्काइ सुज, क्रस रोड, टाकुरा, सुज ल्यान्ड, कोसेली र लेदर विंग गरी आठवटा कम्पनीका जुत्ता प्रर्दशनीमा राखिएका छन् ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया