भारत लैजान लागिएको अवस्थामा चितवनमा १२ बालबालिका भेटिए
रत्ननगर (चितवन), २० माघ । भारत लैजान लागिएको अवस्थामा चितवनको भरतपुरबाट प्रहरीले शङ्कास्पदरुपमा १२ बालबालिका भेटेर आदर्शगृह पठाएको छ ।
आफ्नै अभिभावकसहित तीन व्यक्तिले ती बालबालिकालाई भारत लैजान लागेको बताएकाले शङ्कास्पद घटना देखेर अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । ती तीनजना केही बालबालिकाका आफ्नै अभिभावक भएको बताइएको छ ।
बाह्र बालकालिकालाई अहिले भरतपुरमा रहेको आदर्शगृहमा राखिएको छ भने बालबालिका लिएर आउने तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको अधिकारीले बताउनुभयो ।
गएराति भरतपुरको केन्द्रीय बस टर्मिनलमा उनीहरुलाई देखेपछि सोधपुछ गर्दा शङ्का लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अहिले अनुसन्धान भइरहेकाले के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ ।
ती बालबालिकाले आफूलाई पहिले पनि भारत लैजान लागेका बेला काँकडभिट्टाबाट फर्काइएको बताएको आदर्शगृहका सूचना संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
ती बालबालिका पाँचदेखि १४ वर्षसम्मका छन् । उनीहरुको गतिविधि शङ्कास्पद भएको अधिकारीले बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई काठमाडौँबाट चितवन हुँदै काँकडभिट्टाबाट भारत लैजान लागिएको थियो । मुख्य व्यक्तिले काँकडभिट्टाबाट लैजान नसकिने भन्दै फर्कन भनेपछि राति उनीहरुलाई भरतपुर ओरालिएको बताइएको छ ।
सोही क्रममा प्रहरीले शङ्का लागेर उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । नोर्साङ सोनाम नाम गरेका एक व्यक्ति र अन्य दुई जनालाई नियन्त्रणमा लिईएको पनि प्रहरीले जनाएको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया