पेट्रोलियम पदार्थको मूल्यमा कटौती
इनेप्लिज
२०७१ माघ १९ गते १६:४९ मा प्रकाशित
काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको छ ।
निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलमा एक रुपैयाँ ५० पैसा मूल्य घटाएको हो । मूल्य समायोजनपछि पेट्रोलको रु एक सय नौ र डिजेल र मट्टितेलको ८६ रुपैयाँ ५० पैसा प्रतिलि पर्नेछ ।
नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया