विपक्षी दललाई सहमतिमा आउन नेता देउवाको आग्रह
इनेप्लिज
२०७१ माघ १९ गते १६:३२ मा प्रकाशित
तुलसीपुर (दाङ), १९ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबैको सहमतिमा संविधान जारी गर्न विपक्षी दलहरु छलफलमा आउनुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन दाङले आज नारायणपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले भन्नुभयो, “संविधान दिनका लागि आफूहरुको पहिलो प्राथमिकता विपक्षी दलसँग सहमति गर्ने यदि नआए प्रक्रियामा जानुको विकल्प छैन ।”
जनतालाई संविधान चाहिएकाले विपक्षी दलले घोषणा गरेको आन्दोलनमा कसैले साथ नदिने उहाँको दाबी थियो ।
नेता देउवाले आजै महतवा समाज दाङले नारायणपुरमा आयोजना गरेको माघी महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवमा थारु संस्कृति झल्कने नृत्य, झाँकी प्रस्तुत गरिएको थियो ।
डिसीमा कूल ५ जना महिला तथा पुरुषलाई गोली प्रहार,संदिग्धको ब्यापक खोजी
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
प्रतिक्रिया